महिला खबर
मकवानपुर, मंसिर १४ । नेकपा एमाले मकवानपुरको नेतृत्व पहिलोपटक महिलाको हातमा पुगेको छ। पार्टीको दशौं जिल्ला अधिवेशनमा निकटतम् प्रतिष्पर्धी रघु खुलाललाई एक मत अन्तरले हराउँदै मुनु सिग्देल एमाले मकवानपुरको पहिलो महिला अध्यक्ष बन्नुभएको हो। खुलालले २ सय १२ मत ल्याउँदा सिग्देलले २ सय १३ मतसहित जित हात पार्नुभएको हो।
देशको राष्ट्रपति, सभामुख पदमा महिला बिजयी भएसँगै जिल्लामा पनि महिला निर्वाचित गराउन सुरु भएको हो। देशकै दोस्रो ठूलो पार्टीको नेतृत्वमा महिला पुगेसँगै पार्टीका आगामी कार्यक्रमप्रति आम चासो बढेको छ।
निर्वाचित भएसँगै अध्यक्ष सिग्देलले पार्टीलाई एकतावद्ध बनाएर लैजाने बताउनुभयो। महिला भएकै कारण आउने समस्यालाई सहज रुपमा चिर्दै पार्टीका गतिविधिमा लाग्ने उहाँले प्रतिक्रिया दिनुभयो। यसअघि भएको नवौं अधिवेशनमा पनि अध्यक्षमा उम्मेद्वारी दिनुभएकी सिग्देल रामेश्वर रानासँग पराजित हुनुभएको थियो।
प्रकाशित मितिः २०७२ मंसिर १४ गते साेमवार
Comment Here!