भूकम्प पीडित महिला भत्किएकै घरमा


प्रकाशित मिति :2015-11-30 15:42:42

महिला खबर

Capture1

चितवन, १४ मंसिर । चितवनका भूकम्प पीडित महिला सकसपूर्ण दिन बिताउँदै छन् ।  कतिपय राहत नपाएर आहत भएका छन् भने कतिपय राहत पाए पनि बस्ने स्थानका अभावमा पीडित भएका छन् ।

समयमै निवेदन दिँदा समेत आफूहरूको समस्यामा कसैले चासो नदिएको राहत नपाएका भूकम्पपीडितले बताएका छन् । जसका कारण उनीहरू भत्किएका र चर्किएका घरमा बस्न बाध्य छन् ।

भण्डारा भवानीपुरकी ६० वर्षीय  ठुलिमायाँ लामा भूकम्पले भत्काएको घरमा बसिरहनु भएको छ । घरका भित्ता भत्किएका छन् । उहाँको घरका थाम ढल्किएको छ, ढोका गाह्रोले च्यापिएको छ । घरको भित्तले दलिन छाडेका छन् ।

तर पनि राहत पाउनुभएको छैन् । आफ्नो घर देखाउँदै ठुलीमायाँले भन्नुभयो, ‘अहिलेसम्म राहत पाएको छैन, म नसक्ने बुढी मान्छेलाई पनि कसैले हेरेनन् ।’ विकल्प नभएपछि उहाँ अहिले पनि डराई डराई त्यही घरमा बसिरहनु भएको छ ।

सबै भत्किएको घर आंशिक क्षतीमा राख्न नसकिएको उनकी छोरी सुन्तली लामाले बताउनुभयो ।  ह्वाङह्वाङती खुला रहेको घरभित्र उहाँ बस्ने गर्नुहुन्छ । छोरीको विहे गरेपछि उहाँ एक्लै हुनुहुन्छ । श्रीमान वित्नुभयो । सहारा दिने कोही छैन् ।
xxx

अहिलेसम्म पहुँचका आधारमा केही नभएकाले समेत राहत पाएको भन्दै उनीहरूले बास्तविक भूकम्प पीडितलाई राहत उपलव्ध गराउन स्थानिय प्रशासनसँग माग गरेका छन् ।

भूकम्प पीडित रविन्द्र सेढाईले गाउँका भूकम्प पीडितहरू सय भन्दा बढी भएको भन्दै सहयोगको अपिल गर्नुभयो । उहाँले आफ्नो घर पूर्ण रुपमा क्षतिमा भएकाले बस्न नमिल्ने भएको दखेसो पनि पोख्नु भयो ।

दारेचोक धुसाबाट पिपल्डाँडा सरेर आएका भूकम्प पीडितहरू पनि सकरमा छन् । सानो छाप्रोमा बसेका महिला घर व्यवस्थापनको समस्यामा छन् । चिसो छिंडिमा जस्ताले बेरेको सानो कटेरोमा उनीहरू जिवन गुजार्दै आएका छन् । एकजना फूलमती चेपाङ महिलालाई थप समस्या परेको बताउनुभयो ।

गाउँका धेरैजसो भूकम्प पीडित भत्किएकै घरमा बसिरहेको उहाँले बताउनुभयो । खाना पकाउने देखि विभिन्न काममा महिला घरमा सक्रिय हुँदै उनीहरूमा भूकम्प पछिको पीडा पनि थपिएको छ ।

उनीहरू सहित अहिले जिल्लामा ४ हजार बढी भूकम्प पीडितले राहत पाउँ भनी निवेदन दिएका छन् । उनीहरूको निवेदन अलपत्र छ ।

निवेदनको विषयमा अनुगमन गरेर छानविन गर्ने निर्णय भएपनि इन्धन समस्याका कारणले काम अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंह बताउनुहुन्छ ।

जिल्लामा विपद समितिले अहिलेसम्म १२ हजार ४७ जना भूकम्प पीडित भनेर प्रमाणित गरेको छ । भूकम्प पीडित भएको भन्दै यहाँ १६ हजार बढीको निवेदन परेको भएपनि १२ हजारको मात्रै प्रभाणित भएको छ । पीडित मध्ये करिव ३ हजार ३ सय जनाको घर पूर्णरुपमा क्षतिको भएको तथ्यंक छ ।

प्रकाशित मिति :२०७२ मंसिर १४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: