जाडोमा लाखौं बालबालिकाको अवस्था चिन्ताजनक हुनसक्ने  युनिसेफको चेतावनी


प्रकाशित मिति :2015-11-30 16:48:40

 महिला खबर

काठमाडौं, मंसिर १४। इन्धन, खाना, औषधी र खोपको बढ्दो अभावले यो वर्षको जाडोमा नेपालका पाँच वर्षमुनिका तीस लाखभन्दा धेरै बालबालिका विरामी वा मृत्युको समेत जोखिममा रहेको युनिसेफले जनाएको छ।

नेपालले नयाँ संविधान जारी गरेपछि भएको अशान्त र प्रदर्शनले दश साताभन्दा लामो समयदेखि देशको दक्षिणी नाकामा अत्यावश्यक सामग्रीको आयातमा निकै अवरोध भइरहेको भन्दै विभिन्न विकासक्षेत्रमा रहेका सरकारका औषधी गोदाममा क्षयरोगविरुद्ध लगाइने बीसीजी खोप समाप्त भइसकेको र अन्य खोप र एन्टिबायोटिकको भण्डारण पनि निकै कम भएको युनिसेफले विज्ञप्ति मार्फन सचेत गराएको छ।

गत वैशाखमा गएका दुई वटा ठूला भूकम्पको असर भोगेका बालबालिका यो परिस्थितीबाट सबैभन्दा नराम्रोसँग प्रभावित हुन सक्ने चेतावनी युनिसेफले दिएको छ। ती भूकम्पका धक्काहरुबाट प्रभावित दुई लाखभन्दा धेरै परिवार अझै पनि समुद्री सतहबाट १,५०० मिटरभन्दा माथिको उचाईंमा रहेका अस्थायी आश्रयमा बसिरहेका हुँदा त्यहाँको मौसमी अवस्था अहिलेको जाडोमा झन् कठोर हुँने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ ‘अत्याधिक जाडो, कुपोषणको जोखिम, जीवन जोगाउने औषधी र खोपको अभाव एकैचोटी थपिँदा यो जाडो थप घातक हुन सक्छ।’ अहिलेको इन्धन अभावले आगो बाल्न दाउरामा भर पर्नुपर्ने अवस्था बढ्दै जाँदा घरभित्र धुँवाले हुने प्रदूषण बढाइरहेको र यसले बालबालिकामा निमोनियाका हुने क्रम बढ्न सक्ने विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार गत वर्ष पाँच वर्षमुनिका आठ लाखभन्दा धेरै बालबालिका निमोनियाबाट प्रभावित भएको र जसमध्ये करीव पाँच हजार जनाको मृत्यु भएको थियो।

आगामी दुई महिनामा नेपालमा जन्मिने अनुमान गरिएका एक लाख २५ हजार नवजात शिशु पनि विशेष जोखिममा रहेको युनिसेफले जनाएको छ। ‘इन्धन अभावले देशभरका एम्बुलेन्स सेवाहरु प्रभावित भएका छन्। यसले अस्पताल र स्वास्थ्य संस्थाहरुमा हुने सुत्केरीको संख्या घटाएको छ। न्यानो बनाउनका लागि आवश्यक इन्धनको अभावले आफ्नो शरीरको तापक्रम नियन्त्रण गर्न पूर्ण रुपमा सक्षम नभएका नवजात शिशुहरु जाडोले अत्याधिक प्रभावित हुने र मृत्यु समेत हुन सक्ने जोखिममा छन्’ विज्ञप्तिमा भनिएको छ।

बालबालिका र उनीहरूका परिवारले भोगिरहेको अवस्था दिन दिनै विग्रदैं गइरहेकेा भन्दै युनिसेफले आगामी जाडो महिनामा अझ विग्रने युनिसेफको दक्षिण एसिया क्षेत्रीय निर्देशक क्यारिन हुल्शफले बताउनुभयो। उहाँले भन्नुभयो ‘बालबालिका रोग, जाडो र भोकबाट जोगिनुपर्छ। युनिसेफले सबै पक्षलाई नेपालमा अत्यावश्यक सामग्रीको आयातमा भएको अवरोधलाई कुनै विलम्बविना तत्काल सम्बोधन गर्न आग्रह गर्दछ।’

प्रकािशत मितिः २०७२ म‌सिर १४ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: