निर्वाचनलाई महिलामैत्री बनाउन राजनीतिक प्रतिबद्धताको खाँचो


प्रकाशित मिति :2015-11-30 17:01:46

महिला खबर
काठमाडौं म‌ंसिर १४ । निर्वाचन आयोगका आयुक्त ईला शर्माले निर्वाचनसम्बन्धी लैङि्गक तथा समावेशी नीति कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धताको खाँचो रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज आयोजना गरेको निर्वाचन तथा राजनीतिमा महिला सहभागिता एवम् निर्वाचन प्रक्रियामा हुने लैङि्गक हिंसा विषयक अन्तरक्रियामा उहाँले निर्वाचन प्रक्रिया महिलामैत्री बनाउन ल्याएको नीति कार्यान्वयनमा राजनीतिक दलको सहयोग आवश्यक रहेको बताउनुभयो ।

आयोगले लैङिगक तथा समावेशी नीतिसँगै पाँचवर्षे लैङिगक तथा समावेशी रणनीति–२०७२, लैङ्गिक तथा समावेशी कार्ययोजना ल्याएको जानकारी उहाँले दिनुभयो । यसैगरी आयोगले लैङि्गक तथा समावेशीकरण समन्वय समिति, लैङि्गक तथा समावेशी इकाई, आयोग र जिल्ला निर्वाचन कार्यालयमा लैङि्गक सम्पर्क बिन्दुको स्थापना गरेको छ ।

आयोगका सचिव शारदाप्रसाद त्रितालले निर्वाचनमा समानुपातिक सहभागिताका कुरा आएपनि महिलाको हकमा त्यो लागू हुन नसकेको स्वीकार्नुभयो ।

कार्यक्रममा आयोगका सह–सचिव बीरबहादुर राईले २०७० सालको निर्वाचनमा आठ प्रतिशत महिलालाई मतदान गर्न अवरोध पुगेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले दुई प्रतिशत मतदान केन्द्रमा महिलामाथि हिंसा भएको, २६ प्रतिशत मतदान केन्द्रबाट महिलाले मतदान नगरी फर्केको तथ्याङ्क प्रस्तुत गर्दै मतदान केन्द्रलाई महिलामैत्री बनाउने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रकाशित मितिः २०७२ मंसिर १४ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: