महिलाका लागि संस्कृत पढ्ने ठाउँ छैन : अध्यक्ष पिया
देउसी भैलोबाट उठेको रकम बालिका आश्रमलाई
महिला खबर
चितवन, मंसिर १५ । भरतपुर हाइट टोल विकास संस्था भरतपुरले देउसी भैलो खेलेर उठेको रकमले श्री रामजानकी बालिका श्रमलाई खाद्यान्न सहित लत्ताकपडा सहयोग गरेको छ ।
लोककल्याण सेवा प्रतिष्ठानद्धारा विगत ४ वर्षदेखि सञ्चालित सो आश्रममा १४ जिल्लाका १८ जना बालिकाहरूको लागि आवश्यक पर्ने खाद्य सामाग्री सहित जाडोमा लगाउने न्यानाे कपडाहरु सहयोग गरेको हो ।
खाद्य सामाग्री तथा जाडोमा लगाउने न्यानाे कपडा हस्तान्तरण कार्यक्रममा बाेल्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले देवघाटमा महिलाको लागि संस्कृत पढ्ने ठाउँको व्यवस्थापन गर्न समेत गाह्रो भएको बताउनुभयो । उहाँले महिलाको विकासका लागि म होईन हामी भएर मात्र कुनै पनि कार्य गर्न आग्रह गर्नुभयो ।
अधिकार प्रयोजन गर्ने ठाउँमा कानुनले साथ नदिएको बताउँदै उँहाले बाबुआमाको मृत्युपछि छोरीले क्रिया गर्न दिने संस्कृति लगायतका महिलाले गर्न हुँदैन भन्ने परम्परा र कथनहरूको अन्त्यका विकास शहरी क्षेत्रमा केही मात्रमा भएकाले त्यो ग्रामिण भेगसम्म पुर्याउन सबैले पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
विश्वभर लैगिक हिसां विरुद्धको १६ दिने अभियानका कार्यक्रमहरू भैरहँदा संस्थामा आवद्ध महिलाले छोरीहरूलाई दोस्रो दर्जाको रुपमा लिने परम्पराको अन्त्यका लागि हामी पनि साथै छौ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरेको संस्थाकी अध्यक्ष गोमा भट्राईले बताउनुभयो ।
उहाँले सदियौदेखि महिलाले खेप्न परेको विभेद अनत्यका लागि प्रभावकारी कार्यक्रमको आवश्यकता रहेको बताउँदै यस १६ दिने अभियान सफल बनाउन बालिकाहरूबाट समेत प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो ।
वागीश्वरी आध्यात्मिक परिष्द योगी नरहरीनाथ आश्रमका अध्यक्ष शान्त प्रसाद पोखरेल,संरक्षक योगी गंगानाथ , सञ्चारिका समूह चितवनकी अध्यक्ष सिर्जना अर्याल, बालिका आश्रमकी अध्यक्ष सावित्री टन्डन, महासचिव रामेश्वर खनाल , भरतपुर हाइट सस्थाका उपाध्यक्ष मञ्जु पाठक, सचिव इन्दिरा भुषाल लगायतले समानतामा आधारित, हिंसारहित समाज निमार्णका लागि बालीका शिक्षामा जोड दिनुपर्ने बताउनु भएको थियो ।
प्रकाशित मिति २०७२ मंसिर १५ मंगलवार
Comment Here!