महिला खबर
पोखरा, मंसिर १५ । लैङ्गिक हिंसाको तथ्यांकमा भन्दा पनि कारणको खोजिमा सञ्चारमाध्यमले जोड दिनु पर्ने पोखरामा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
सञ्चारिका समूह पश्चिञ्चलद्धारा आयोजित लैगिंक हिंसा न्यूनिकरणमा सञ्चारको भुमिका विषयक अन्तक्रिया कार्यक्रमका बोल्दै महिला तथा बालबालिका कार्यलय कास्कीका प्रमुख लक्ष्मी जिसीले हिंसाकाको कारण खोजिमा पत्रकारहरू क्रियाशिल भए हिंसा न्यूनिकरण हुने बताउनुभयो ।
उहाँले सञ्चारको पहुँचबाट हिंसा पीडितले न्याय पाएको भन्दै वास्तविकतालाई उजागार गर्दा पीडितको गोपनियतालाई ध्यान दिन समेत आग्रह गर्नुभयो । समाज देखिने भन्दा नदेखिने हिंसाले आक्रान्त भएको छ । त्यसकारण अब बन्ने समुन्नत समाजको पक्षमा सञ्चारमाध्यमको निरन्तर खबरदारी आवश्यक रहेको जिसीले आंैल्याउनु भयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पुरुषले पनि आफुबाट हिंसा भएको अनुभूति गर्न नसक्दा हिंसाको अन्त्य हुन नसकेको बताउनुभयो । उहाँले आफन्तबाट पीडित महिला तथा बालबालिकाको नाम गोप्य राख्न खोज्दा पीडकले उन्मुक्ति पाउने अवस्था आएको समेत स्मरण गर्नुभयो ।
पीडितलाई न्याय दिलाउनु नै पत्रकारीताको धर्म भएको भन्दै सञ्चारमाध्यम प्रति आशंका नगर्ने आग्रह गर्नुभयो । अग्रज पत्रकार नारायण कार्कीले अधिकारका आवाजसंगै हिंसाका घटना बढिरहनु दुखद भएको भन्दै आफन्तबाटै हुने हिंसा झनै पीडादायि हुने गरेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले हिंसाका कारणको खोजिमा ध्यान दिएर समाजलाई जागरुप बनाउन जोड दिनुभयो ।
कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय शिव खकुरेल, गुड नेवर्स नेपालका परियोजना प्रमुख प्रेम भट्टराई, पत्रकार महासंघका केन्द्रिय सदस्य सुस्मा पौडेल, नागरिक समाज पोखराका रामबहादुर पौडेल, स्वयम्सेवि मानव अधिकार रक्षक संजालका संयोजक तारामाया थापा, पोखरा लेडि जेसिजका अध्यक्ष प्रमिला सुवेदी, महिला उत्थान तथा जागरण केन्द्रका गिता कुमारी पौडेल लगायतले लैङ्गिकमैत्री वातावरणका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुने भन्दै, सञ्चारमाध्यमलाई पीडितमुखि हुन आग्रह गर्नुभयो । सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।
प्रकाशित मिति २०७२ मंसिर १५ गते मंगलवार
Comment Here!