एच आइ भीको नयाँ संक्रमण ८० प्रतिशतले घटेको सरकारी दाबी


संक्रमणको जोखिममा महिला

प्रकाशित मिति :2015-12-01 15:42:27

महिला खबर
काठमाडाैं, मंसिर १५।  नेपालमा  ५ वर्षकाे अवधिमा एच आइ भीको नयाँ संक्रमणलाई ८० प्रतिशतले घटाएको सरकारले जनाएको छ। यसैगरि ८ वर्षमा एच आइ भीका कारण मर्नेको संख्या २२ प्रतिशतले घटाएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार नेपालमा ३९ हजार २४९ जनामा एचआइभी संक्रमण भएको अनुमान छ। ती मध्ये पुरुषको संख्या २५ हजार ४४९ र महिलाको संख्या १३ हजार ८०० रहेको छ। संख्यात्मक रुपमा एचआइभी संक्रमित महिला थोरै भएपनि उनीहरू धेरै जोखिममा रहेको केन्द्रका सूचना अधिकृत बिर बहादुर रावल बताउनुहुन्छ ।

महिला अझैपनि आफूलाई एच आइ भी लागे नलागेको भनेर जाँच गराउन आउने क्रम निकै कम रहेको रावलले बताउनुभयो। उहाँ भन्नुहुन्छ ‘पुरुषहरू त्यस्ता गतिविधिमा लाग्ने हुनाले उनीहरू एच आइ भीको जाँच गर्न धेरै आउँछन् तर, तिनै पुरुष मार्फत महिलालाई सर्ने भएकाले महिला आफू एच आइ भी संक्रमण हुने जोखिममा रहेको थाहा पाउँदैनन् त्यसैले पनि उनीहरू जाँच गर्न कम आउँछन्।’

नेपालमा अुरक्षित यौन सम्पर्कका कारण धेरैलाई एच आइ भी संक्रमण भएपनि सुईको प्रयोग गर्ने दुर्व्यशनहरू एच आइ भी संक्रमणको धेरै जोखिममा रहेको उहाँले बताउनुभयो। ‘नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरू सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, पुरुष समलिगीं तथा तेस्रोलिगीहरू र रोजगारीका लागि विदेशिनेहरू हुन्। यी मध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमण दर अरु जोखिम समूह भन्दा उच्च छ’ उहाँले भन्नुभयो।

नेपालका १५ वर्षदेखि ४९ वर्षको उमेर समूहमा जनसंख्याको ०.२ प्रतिशतमा एचआइभी संक्रमण दर रहेको र करिब ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर दिपेन्द्र रमण सिंह बताउनुहुन्छ।

यो पाँच वर्षको बीचमा नेपालमा १४६ प्रतिशत एच आइ भी संक्रमितमा एन्टी रेट्रो भाइरल (एआरभी) उपचारमा पहँुच बढेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले केन्द्रबाट एआरभी उपचार लिनेहरू ११ हजार छन्, यी मध्ये ५ हजार महिला छन्। नेपालले एड्स महामारीको प्रकोपलाई रोक्ने र घटाउनेे सहश्राब्दी विकास लक्ष्य प्राप्त गरेको दावी उहाँको छ। अवको पाँच वर्षभित्रमा नेपाललगायत विश्वभरका मुलुकले एचआइभी संक्रमितको उपचारमा पहुँच ९० प्रतिशतले बढाउने र संक्रमणको अवस्था र शरीरमा भाइसरको भार ९० प्रतिशतले घटाउने लक्ष्य राखेको छन्।

सिंहका अनुसार सन् २०२० सम्ममा ९० प्रतिशत संक्रमितहरूले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९० प्रतिशतको औषधी उपचारमा पहुँच हुने र ती औषधी खानेहरू मध्ये ९० प्रतिशतको शरीरमा भाइसरको भार (भाइरल लोड) न्यून भएको हुने लक्ष्य राखेको बताउनुभयो। उहाँका अनुसार यो लक्ष्यलाई नेपाललगायत विश्वले प्रतिबद्धता जनाएको दिगो विकास लक्ष्यको रुपमा लिईएको छ।

सन् २०१४ को अन्त्यसम्म संसारभर तीन करोड सत्तरी लाख ब्यक्तिहरूमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ। सन् २००० को तुलनामा विश्वब्यापी ३५ प्रतिशतले एचआईभीको नयाँ संक्रमण घटेको छ भने ५८ प्रतिशतले बच्चामा हुने संक्रमण कम भएको छ।
यसैगरी, सन् २००४ मा विश्वमा सबैभन्दा धेरै एड्सबाट मानिसको मृत्यृ भएको थियो। अहिले यो ४२ प्रतिशतले घटेको छ। सन् २०१० को तुलनमा ८४ प्रतिशतले एआरभी उपचारमा पहुँच बढेको छ भने हाल संसारभरका १ करोड ५८ लाख मानिसहरुको एन्टी रेट्रो भाइरल (एआरभी) उपचारमा रहेका छन्। विश्वमा एचआइभी पत्ता लागेको ३४ वर्ष पुगिसकेको छ।

निर्देशक सिंहका अनुसार नेपाललगायत विश्वब्यापीरूपमा नै एचआइभीको नयाँ संक्रमण घट्दै गइरहेको छ, एचआइभी र एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव कम हुँदै गइरहको छ भने हेरचाह र सहयोगलगायत एआरभी औषधि उपचारमा पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएको छ।

तर, एचआइभीको अवस्था थाहा नपाएकाहरुलाई सर्वसुलभ परामर्श र परीक्षणबाट भेटाउने र सवै संक्रमितहरुलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्नुपर्ने आवश्यकता टड्कारो भएको उहाँ बताउनुहुन्छ।

प्रकाशित मितिः २०७२ मंसिर १५ मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: