हिंसाविरुद्धको अभियानमा कमैया महिलाको गुनासो


प्रकाशित मिति :2015-12-02 09:43:04

महिला खबर

नेपालगन्ज, मंसिर १६ । महिला हिंसा विरुद्धको १६ दिने अभियानमा आफ्नो सवाल नसमेटिएको कमैया महिलाले बताएका छन् । शहरमा दैनिक जसो तामझामका साथ कार्यक्रमहरू हुने भए पनि मुक्त कमैया बस्तीसम्म महिला हक अधिकार र अभियानवारे कुनै कार्यक्रम नपुगेको उनीहरूको भनाइ छ ।

कमैया महिला जागरण समाजकी अध्यक्ष कृष्णी थारुले भन्नुभयो ‘महिला अधिकार भित्र कमैया महिलाको सवाल उठाईदैन, हामीलेमात्रै बोलेर हुँदैनै । महिला अधिकारको कुरा गर्नेले विपन्न र पीडित महिला को हुन् भन्ने खोजीनीति हुनुपर्छ ।’

वर्षौँदेखि कमैया महिलाको सवाल उठाइरहे पनि महिला अधिकारभित्र कमैया महिलाको अधिकार खोज्नु पर्ने अवस्था रहेको उहाँको भनाई छ । सबैले सबै क्षेत्रबाट कमैया महिलाको सवाल उठाउनुपर्ने उहाँको भनाइ छ । राजापुर नगरपालिका संघर्षनगरकी सोरतीया थारुले १६ दिने महिला हिंसाको वारेमा आफूले जानकारी नपाएको बताउनुभयो । ‘महिला अधिकार छ भन्छन् तर, कहाँ छ थाहा छैन ।’ सोरतीयाले भन्नुभयो– ‘गरीव भनेर हामीलाई हेपेको हो कि ? पछाडी परेको वर्ग सधै पछाडीनै छ ।’

शदियौंदेखि दासतामा बसेका कमैया महिला आफ्नो पहिचान, श्रमको सम्मान लगायतका प्रमुख सवाल बनाएर चौध वर्षदेखि विभिन्न तहमा, भिन्न प्रकारका आन्दोलन गरिरहेका छन् । साहुको ऋण र सोको व्याज तिर्न नसक्दा जमिन्दारको घरमा काम गर्न बाध्य अधिकांस थारु समुदायका मानिस बाँधाश्रमिकको रुपमा पुस्तौ पुस्ता धनि मानिसको घरमा काम गरेका थिए ।

बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेको यो पर्थालाई कमैयाका अगुवाको दवाव, आन्दोलनका कारण तत्कालिन सरकारले २०५७ साउन २ मा सबै बाँधा श्रमिक मुक्त भएको घोषणा गरेको थियो ।

सरकारले कमैया श्रम अन्त्य गर्दा दासको रुपमा बसेका भनि भैंसवार, गैवार, बर्दिकार, छेकरवार, हरुवा, चरुवा, हली, गोठालो, कमलरिया वा अन्य यस्तै नामबाट श्रम गर्ने व्यक्तिलाई बाँधा श्रमिक हुन भनि कमैया श्रम (निषेध गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०५८ मा उल्लेख गरेको छ ।

यसरी बनेको कानुनका आधारमा घरमुली कमैया पुरुषलाई मात्र परिचय पत्र दिएको छ । तर, यो ऐनमा उल्लेख गरिएका महिलालाई सरकारले कुनै प्रकारका पहिचान दिएको छैन । सरकारबाट पुरुषले जस्तै महिलाले पनि परिचय पत्र पाउनु पर्ने भन्दै पाँचवटै जिल्ला करिब ३५ हजार कमैया महिला आफ्नो अधिकारका लागि संगठित भएका छन् ।

प्रकाशित मिति २०७२ मंसिर १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: