नाकाबन्दीविरुद्ध पोखरामा र्‍याली


प्रकाशित मिति :2015-12-02 12:19:38

महिला खबर

पोखरा, १६ मंसिर । भारत गरेको नाकाबन्दी विरुद्ध पोखरामा सामाजिक जागरणका लागि नारी अभियानले वृहत  सद्भाव र्‍याली निकालेको छ । पोखरा नगर महिलाले समन्वय गरेको सद्भाव र्‍यालीमा आध्यात्मिक संघ, पेशागत संघ संस्था, विद्यार्थी, मानव अधिकारकर्मी, राजनीतिककर्मी, नागरिक समाज, आमा समूह, टोल विकास संस्था लगायतको सहभागिता रहेको थियो ।

र्‍यालीका सहभागिहरूले नाकाबन्दी खुला गर, कालोबजारी नियन्त्रण गर, भो अब अति भो अतिबादको अन्त्य गरौं, मानव अधिकारको सम्मान गर, वार्ताबाट समाधान खोज, हिमाल, पहाड, तराई कोही छैन पराइ, नाकाबन्दी अमानविय कार्य हो भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

rally

पोखराको मानव अधिकार चोकबाट सुरु भएको र्‍याली सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अभियानका संयोजक सुस्मा पौडेलले नाकाबन्दीका कारण तराइ मधेस र पहाड बीचको दुरी बढ्दै जान सक्ने भन्दै सामाजिक सद्भाव र सहिष्णुताका लागि र्‍यालीको आयोजना गरेको बताउनुभयो ।

उहाँले छिमेकी मुलुक भएको नाताले भारतले निर्दयी व्यवहार गर्न नसुहाउँने भन्दै असल छिमेकीको भूमिका निर्वाह गरी सहज जीवन यापनका लागि सहयोगी बनिदिन अनुरोध गर्नुभयो ।

कोणसभामा बोल्दै पोखरा नगर समन्वय समितिका संयोजक पवित्रा गुरुङले नाकाबन्दीको असर बालबालिका, महिला र बूढाबूढीमा सबैभन्दा बढी परेको भन्दै राज्यले विकल्पको खोजी गरी अभिभावकको जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति २०७२ मंसिर १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: