छाउपडी प्रथाको सकस


प्रकाशित मिति :2015-12-02 12:47:10

खेमा बस्नेत

कैलाली,मंसिर १६ । आकाश नखुल्दै जयपृथ्वी नगरपालिका १४ निवासी जैकला जैशी नजिकैको खोलामा पुगिसकेकी थिइन् । आज महिनावारी भएको पाँचौ दिन भयो । सरसफाई गरेर चोखो हुनु पर्ने भएकाले उनी डोकोभरी थाङ्ना(ओछ्यान) बोकेर खोलाको धारामा पुगेकी हुन् ।

20151119_075204उनको घर छेउमा खानेपानीको धारा थियो । तर, छाउपडीले धारा छुन नहुने धार्मिक अन्धविश्वासले उनी घरदेखि टाढा रहेको छाउपडी धारामा नुहाउन आएकी थिइन् ।

महिनाबारी भएका महिलाले प्रयोग गर्ने खोलाको एक मात्र धारा भएकाले पनि जैकला पछि भीडभाड हुने डरले मिर्मिरे मै खोलामा पुगेकी थिइन् । महिनावारी हुँदा सुदूर पश्चिमका महिला अहिले पनि अलग घरमा बस्नु नै पर्छ । त्यसको साथै धारा, पानी र बाटो समेत अलग प्रयोग गर्नुपर्ने बाध्यता छ ।

जैकला जस्ता सुदूरपश्चिमका अधिकांश महिला महिनावारी हुँदा अलगै बस्ने गर्दछन् । विवाहिता ५ दिनमा शुद्ध हुन्छन् भने अविवाहिता महिला ७ दिनमा मात्रै छाउमुक्त हुने अन्धविश्वास यहाँ रहेको छ । सो अवधि भर उनीहरू छाउगोठमा बस्ने गर्छन् ।

छाउपडी अवस्थामा महिलालाई थुपै्र विभेद हुने भएपनि परम्परादेखि धार्मिक विश्वासमा गाडिएको छाउपडी प्रथालाई एकैपटक त्याग्न स्वम् महिला पनि तयार देखिदैनन् । शहरी क्षेत्रमा बसोबास गर्ने र शिक्षित महिला बाहेक ग्रामिण क्षेत्रका महिला अरूको करकापले भन्दा महिनावारी हुँदा आफै अलग बस्ने गरेका छन् ।

परम्परागत रुपमा चलेको धार्मिक विश्वासका कारण महिनावारी हुँदा छुत गर्नुहुन्न भन्ने अन्धविश्वासले उनीहरूमा गहिरो गरी जरा गाडेको छ ।‘छाउपडी हुँदा छुत मान्नु हुँदैन भनेपनि हामीलाई अप्ठेरो लाग्छ ।’ चिसो पानीमा एकाबिहानै कपडा धुदै जैकलाले भनिन् ‘छाउ हुँदा कसरी घरभित्र पस्ने ?’

उनले महिनावारी हुँदा आफ्नो गाउँटोलका सबै महिला घरदेखि अलग वा घरसंगै जोडिएको अलग छुट्टै कोठामा बस्ने गरेको बताइन् । यस अवधिमा छाउपडीले भान्छा, पानी, धार्मिक स्थल, गाई आदिलाई छुन नपाईने उनले बताइन् ।

सुदूरपश्चिमका अछाम, बाजुरा र बझाङमा छाउपडी प्रथा बढी छ । प्रत्येक गाउँमा छाउपडी बस्नको लागि सानो अलग घर वा गाउँमा संयुक्त छाउगोठ बनाइको पाइन्छ ।

गाउँमा छाउपडी प्रतिको बुझाई पनि फरक–फरक रहेको छ । कतिपय निरक्षर महिला छाउपडी हुँदा देवता रिसाउने भएकाले छुट्टै बस्नुपर्ने धारणा राख्छन् भने कतिपय महिला वैज्ञानिक कारणले पनि महिनावारी हुँदा सुरक्षित ढंगले बस्नुपर्ने भएको हुँदा अलग बस्नुपर्ने बताउँछन् । तर, छाउपडी प्रथाका रुपमा बढ्दै गएको विकृतिप्रति भने सबै महिला चिन्तित हुँदै गएको बझाङ मालुमेला गाविसकी कुन्ति खड्का बताउँछिन् ।

सामाजिक सकसको रुपमा रहेको छाउपडी प्रथाका कुरीतिहरू हट्नु आवश्यक भएको उनको भनाइ छ । यद्यपी पहिले भन्दा अहिले समाजमा छाउपडी प्रतिको चेतनास्तर सकारात्मक हुँदै गएको उनले बताइन् ।

प्रकाशित मिति २०७२ मंसिर १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: