महिला खबर
काठमाडाैं, मंसिर १६ । राष्ट्रपति विद्या भण्डारीले प्राज्ञिक मूल्य मान्यता र मर्यादालाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयको एकचालिसौँ दीक्षान्त समारोहमा आज सम्बोधन गर्दै उहाँले प्राज्ञिक मूल्य, मान्यता र मर्यादा कमजोर भएपछि नै विश्वविद्यालयमा राजनीतिको प्रवेशका लागि अवसर बढ्ने भएकाले यसलाई कमजेर बन्न नदिन आग्रह गर्नुभयो ।
उहाँले त्रिविलाई अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयका रुपमा विकसित गर्न आवश्यक कानुन बनाउन पहल हुनुपर्ने बिचार व्यक्त गर्नुभयो । त्रिविका कतिपय सङ्कायमा अझै शैक्षिक कार्यतालिका प्रभावकारी रुपमा लागू हुन नसक्दा विद्यार्थीले समयमै आफ्नो पढाइ पूरा गर्न नपाएको भन्दै राष्ट्रपति भण्डारीले क्याम्पसका भौतिक पुर्वाधार र साधनस्रोतको अवस्था ज्यादै नाजुक भएको तर्फ ध्यानाकार्षण गराउनुभयो ।
नयाँ संविधान आइसक्दा केही राजनीतिक समस्या अझै समाधान हुन नसक्दा देशमा ठूलो सङ्कट आएको भन्दै उहाँले अब कुनै पनि बहानामा द्रुतगतिमा विकासको पथमा लाग्न ढिला गर्न नहुने बताउनुभयो । आम जनसमुदायलगायत सवै क्षेत्रको हातेमालोबाट मात्र यो काम सम्भव हुने र यसका लागि वातावरण बनाउन विश्वविद्यालय ठुलो भुमिका हुने उहाँको भनाइ थियो ।
उहाँले युवाको ठुलो संख्या रोजगारीका लागि बिदेशिनु पर्ने बाध्यता रहेको भन्दै यो देश विकासका लागि चूनौतिका रुपमा रहेको अाैंल्याउनुभयो ।
प्रकाशित मितिः २०७२ मंसिर १६ गते बुधवार
Comment Here!