हिंसा बढ्याे, कानुन कडा बनाउ


प्रकाशित मिति :2015-12-02 16:58:37

महिला खबर
काठमाडौं, मङ्सिर १६। महिला अधिकार स्थापित गर्न काननु बनेपनि यसको कार्यान्वयन निकै फितलो भएको एक छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले बताएका छन्। महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले आयोजना गरेको महिला तथा किशोरी हुने सबै प्रकारका हिंसाको अन्त्य तथा निवारण बिषयक अर्न्तक्रियामा बोल्दै उनीहरूले महिला हिंसासम्बन्धी भएका ऐनकानुन कागजमा मात्र सीमित भएको बताए ।

कार्यक्रममा सहभागी दलका नेता तथा महिला अधिकारकर्मीले महिलामाथि हुने हिंसा बढ्दै गएको भन्दै भएका ऐनकानुनको प्रभावकारी कार्यान्वयनसँगै कडा कानुन बनाएर कार्यान्वयन गर्नु सुझाव दिए।

कार्यक्रममा बोल्दै व्यवस्थापिका–संसद, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाले महिलाको सवालमा नयाँ संविधानमा प्राप्त उपलब्धिलाई जोगाउँदै कानुन बनाएर कार्यान्वयन गरी थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका नेता बिन्दा पाण्डेले राज्यका मुख्य संरचना र विभिन्न राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता स्थानीय तहबाटै बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले कानुन बनेपनि बिभेदहरु जहाँको तहीँ रहेको भन्दै यो खाडलको अन्त्य नभएसम्म हिंसा अन्त्य नहुने बताउनुभयो।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मी र सहसचिव राधिका अर्यालले भूकम्पपछि मन्त्रालयले सञ्चालन गर्ने हरेक कार्यक्रम भूकम्पबाट सबैभन्दा बढी प्रभावित महिला र बालबालिकामा केन्द्रित भएको बताउनुभयो ।

मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सहसचिव रमेश ढकालले महिला हिंसासम्बन्धी भएका ऐनकानुनको प्रभावकारी कार्यान्वयन नभएपनि यसलाई राज्यले सम्बोधन गर्न सुरु गरेको बताउनुभयो।

राष्ट्रिय महिला आयोगकी प्रवक्ता मनु हुमागाईँले महिला हिंसासम्बन्धी आयोगमा आउने उजुरीलाई हेर्दा सबैभन्दा बढी आफन्तजनबाट हिंसा हुने गरेको हुँदा त्यसको अन्त्यका लागि कानुनको कार्यान्वयनसँगै जनचेतनाको समेत आवश्यकता औँल्याउनुभयो ।

प्रकाशित मितिः २०७२ म‌ंसिर १६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: