महिला खबर
नेपालगन्ज, मंसिर १७ । राष्ट्रिय महिला आयोगका सचिव लेखबहादुर कार्कीले हिंसा पीडित महिलालाई न्याय दिलाउन र पीडकलाई दण्ड दिलाउन आफू क्रियाशील रहेको बताउनुभएको छ ।
नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै उहाँले महिला हिंसाविरुद्धको १६ दिने अभियानसँगै आयोगले सचेतनाको लागि देशव्यापी रुपमा सञ्चारमाध्यममार्फत लैंगिक संवेदनशिलता अभियान समेत सञ्चालन भएको जानकारी दिनुभयो ।
पीडितलाई सुरक्षाको अनुभूति र न्यायको प्रत्याभूति दिलाउन पीडकलाई दण्ड सजाज अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
महिला आयोगमा परेका ४ सय १९ उजुरी मध्ये घरेलु हिंसाका ३ सय १७ र महिला हिंसाका १ सय २ उजुरी देशभरीबाट परेको सचिव कार्कीले जानकारी दिनुभयो । उजुरी परेका मध्ये १५ प्रतिशत मात्रै कार्यान्वयन प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
लैंगिक हिंसाविरुद्धको सचेतना अभियानलाई प्रभावकारी बनाउन पत्रकार महिलाको क्षमता अभिवृद्धिमा समेत उहाँले जोड दिनुभयो । गत एकवर्षमा महिला तथा बालबालिका कार्यालय बाँकेमा घरेलु हिंसाका १ सय १० निवेदन परेका थिए ।
प्रकाशित मिति २०७२ मंसिर १७ गते बिहीवार
Comment Here!