बुटवललाई लैंगिकमैत्री शहर बनाउन अभियान


प्रकाशित मिति :2015-12-03 11:24:31

महिला खबर

बुटवल, मंसिर १७ । बुटवललाई लैंगिकमैत्री शहर बनाउन अभियान थालिएको छ । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा बजेट कार्यक्रममार्फत लैंगिकमैत्री शहर बनाउने प्रस्ताव पास गरेको थियो ।

अभियानका लागि सवाल र समस्या पहिचान गर्न उपमहानगरपालिकाले सरोकारवालाहरू बीच छलफल कार्यक्रम गरेको छ ।छलफलमा सहभागीले नगरको योजना तर्जुमादेखि बजेट कार्यान्वयन तहसम्म लैङ्गिक नीतिलाई व्यवहारमा अपनाउन आग्रह गरे ।

यसका लागि घर व्यवहार टोल समाजसम्म लैंगिकमैत्री सूचक बनाएर काम गर्न उनीहरूले सुझाव दिएका छन् ।
लैंगिकमैत्री घरदेखि शहर बनाउन सामाजिक भुमिका, उत्पादन पुर्नउत्पादन, शिक्षा, रोजगार, राजनीतिक पहुँच र निर्णायक तहसम्म महिलाको भुमिका बढाउन पनि सरोकारवालाहरूले सुझाव दिए ।

नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालय र तीनका संरचनालाई पनि लैंगिकमैत्री बनाएर महिलालाई सहज वातावरण बनाउनुपर्ने निष्कर्ष छलफलले निकालेको छ ।

DSC00117

बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुव बहादुर खड्काले छलफलबाट दिएको सुझाव र निष्कर्षलाई अध्ययन गरी कार्यालयले लैंगिकमैत्री शहर बनाउने सूचक निमार्ण गरेर काम थाल्ने बताउनुभयो । यसकालागि सरोकारवाला समूहको सहभागितामा कार्यक्रम निर्माण तथा अनुगमन मूल्यांकन गरिने उहाँले बताउनुभयो ।

पछिल्लो समय देशमै धेरै जनसंख्या वृद्धिदर भएको बुटवलमा घर, टोल, समाज, कार्यस्थलदेखि सार्वजनिक स्थलमा लैङ्गिक हिंसा हुने गरेको पाईएको छ । ती हिंसा कमगर्न अब नगरले प्रत्येक क्षेत्रमा लैंगिकमैत्री वातावरण र व्यवहार निर्माण गर्ने कार्ययोजना बनाएको छ ।

बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममार्फत लैंगिकमैत्री शहर बनाउने प्रस्ताव पास गरेको थियो । प्रस्ताव अनुसार लक्ष्यमा पुग्न निरन्तर गतिविधि गरिरहेको छ ।

जसमा बुटवलका घरघरबाट लैंगिकमैत्री वातावरण बनाएर टोल,समाज हुँदै नगरलाई लैंगिकमैत्री बनाउन अभियान थालेको हो । अभियान अन्तरगत वर्षैभरी नगरमा लैंगिक सचेतना जगाउने गतिविधि गर्ने योजना बनाएको छ ।

छलफल कार्यक्रममा कार्यालय प्रमुख ध्रुबबहादुर खड्काको अध्यक्षता, महिला समन्वय समितिका उपाध्यक्ष रीजन श्रेष्ठको स्वागत, वरीष्ठ अधिकृत भुवाप्रशाद लुइटेलको उद्धेश्यमाथि प्रकाश र सामाजीक शाखाका वरीष्ठ अधिकृत दामोदर ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रमको सहजीकरण गैर सरकारी सस्था महासंघका अध्यक्ष सुमित्रा शर्मा, पुनरावेदन अदालत बार बुटवलका अध्यक्ष मीना पाण्डे, पत्रकार इन्दिरा अर्याल र अमृता अनमोलले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७२ मंसिर १७ बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: