नारायण ढुंगाना
चितवन, मंसिर १७ । राष्ट्रिय महिला आयोगले सञ्चार क्षेत्रमा महिलाका सवाललाई अघि बढाउन सञ्चार माध्यामसँग सम्वन्ध विस्तार अभियान सुरू गरेको छ ।
सञ्चारमाध्याममा महिला संवेदनशिलतालाई ख्याल गरी सहभागिता बढाउनका लागि देशव्यापी सम्वन्ध विस्तार अभियान सुरू गरेको आयोगकी सदस्य भगवती घिमिरेले जानकारी दिनुभयो । उक्त अभियान देशका पाँच विकास क्षेत्रमा सुरू भएको छ ।
अभियान अन्तरगत सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको आयोगले सञ्चारकर्मीहरूको सहभागितामा विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
पत्रकारसँगको छलफमा आयोगका कानुन विज्ञ सरोजराज थापाले सञ्चारमाध्यामले अझै पनि महिलाका विषयलाई प्राथमिकतामा राख्न नसकेको भएपनि विगत भन्दा सकारात्मक रहेको बताउनुभयो ।
महिला आयोगकै नेतृत्वमा अहिले नेपालमा महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । सोही कार्यक्रम अन्तरगत नै महिला आयोगले देशव्यापी सञ्चारमाध्यामसँग सम्वन्ध विस्तार अभियान पनि थालेको हो । सँगसँगै विद्यालय शिक्षा कार्यक्रम चलाईएको थापाले बताउनुभयो ।
हरेक विकास क्षेत्रमा पहिलो दिन सञ्चारकर्मीसँग अन्तरक्रिया र दोस्रो दिन विद्यालय शिक्षा कार्यक्रम चलाईएको छ । थापाले आयोगमा गएको पाँच वर्षमा १ हजार ३ उजुरी परेको जानकारी दिनुभयो । पत्रपत्रिकामा आएको समाचारलाई आधार बनाउँदा भने पाँच वर्षमा ५ हजार ३५३ वटा घटना भएको पाईएको कानुन विज्ञ थापाले बताउनुभयो । उहाँले सञ्चारमाध्याममा समेत महिला सहभागिता कम रहेको बताउनुभयो ।
सो क्रममा प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले लैंगिक समानतामा ध्यान दिँदै महिलाका लागि विशेष व्यवस्था राख्न सके हिंसाका घटना न्युनिकरण हुनेमा जोड दिनुभयो ।
पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलले पत्रकारलाई महिलासम्वन्धी प्रशिक्षण दिईए पनि व्यवहारमा उतार्नेहरू कम भएको उल्लेख गर्नुहुँदै जिल्लाको पत्रकार महासंघमा महिला सहभागिताका बारेमा जानकारी दिनुभएको थियो । यस्तै महासंघका सल्लाहकार जनक अर्यालले विवाहपछि पत्रकार महिलाले पेशा छाड्नुपर्ने अबस्था रहेको बताउनुभयो ।
प्रकाशित मिति २०७२ मंसिर १७ गते बिहीवार
Comment Here!