कुरिती अन्त्य गर्न एक दुई पुस्ता नै समाप्त हुनुपर्छ


प्रकाशित मिति :2015-12-03 11:43:43

निर्मला ठकुराठी

महेन्द्रनगर, मंसिर १७ । समाजका विद्यमान कुरीती अन्त्य गर्न एक दुइ पुस्ता नै समाप्त हुनुपर्ने अधिबक्ता पदमराज जोशीले बताउनु भएको छ ।

मानववादी समाज नेपाल र कुरीति अन्त्य समाज कञ्चनपुरको आयोजनामा भएको संविधान र कानुनमा कुरीति विषयक छलफल कार्यक्रममा बाल्दै उहाँले कुरीतीहरू बढीजसो महिलासँग सम्बन्धित हुने र यसको पीडा पनि महिलाले नै भोग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा अधिबक्ता पुनम चन्दले सैयौं वर्षदेखि समाजमा जरो गाडेर बसेका कुरीति अहिले केहि कम भएपनि यसलाई निमिट्यान्न पार्न कडा कानुनको व्यवस्था गरी कार्यान्वयन पक्षलाइ बलियो बनाउँदै लैजान सके अन्त्य हुदै जाने विश्वास ब्यक्त गर्नु भयो  ।

नेपाल अपाङ्ग महिला संघका सदस्य अनिता ढुगांनाले  अहिलेसम्म पनि महिलालाई सन्तान उत्पादनका साधनको रुपमा प्रयोग गरिँदै आएको भन्दै यो कुरीती अन्त्यका लागि कडा कानुनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

समाजसेवी शारदा चन्दले धर्म संस्कृती सँंगै कुरीति जोडिएर आएपनि सबै धर्म संस्कृती नराम्रो नभएको बताउनुभयो । उहाँले महिलाले यो गर्नुपर्छ त्योे गर्नु हुँदैन भन्नु नै सबै भन्दा ठुलो कुरीति भएको भन्दै यसका लागि नैतिक शिक्षा आवश्यक भएको औल्याउनुभयो ।

प्रकाशित मिति: २०७२ मसिंर १७ गते विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: