ठूला घरानामा महिलामाथि झन् ठूलो हिंसा


प्रकाशित मिति :2015-12-03 12:35:35

अम्बिका भण्डारी

झापा, मंसिर १७। महिलालाई समान व्यवहार आफ्नै घरबाट सुरु गर्नुपर्ने एक अन्तर्क्रिया कार्यक्रमका सहभागीले बताएका छन्। राष्ट्रिय महिला आयोगको आयोजनामा भद्रपुरमा भएको ‘महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तर्क्रियाका सहभागीले महिला माथि कुनै न कुनै रुपको हिंसा हरेक घरमा रहेकाले यसको अन्त्यको सुरुवात घरघरबाटै हुनुपर्ने बताएका हुन्।

उनीहरूले हिंसा घरबाट नै सुरु हुने हुँदा आ–आफ्ना घरबाटै जागरण अभियान थाल्नु पर्ने बताए। कार्यक्रममा पचास प्रतिशत हिंसा घरभित्र हुँदै आएको कुरा सकारोवारवाला निकायका प्रतिनिधिहरूले स्वीकारेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले शैक्षिक तथा आर्थिक क्षेत्रमा पहुँच नपुगेका महिलालाई तालिमका माध्यमबाट पनि सक्षम बनाउन सके हिंसा कम हुने बताउनुभयो। उहाँले सामान्य मानिसका घरमा भन्दा पढेलेखेका र ठूला घरानामा झन् ठूलो हिंसा भइरहेकाे तर,  त्यो बाहिर आउन नसकेको यथार्थ स्पष्ट पार्नुभयो।

झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवलीले दिवसका लागि मात्र कार्यक्रम नगरेर सरोकारवाला निकायले ३ सय ६५ दिन नै लागि परे मात्र हिंसा न्यूनीकरण हुने आैंल्याउनुभयो।

जिल्ला न्यायाधिवक्ता रोमनाथ अधिकारीले कार्यस्थलमा महिलाहरू बढी हिंसामा परेको बताउनुभयो। डर तथा कानूनी अज्ञानताका कारण कतिपय महिलालाई अझै पनि आफू हिंसामा परेको जानकारी समेत नहुने हुँदा हिंसा न्यूनीकरणमा समस्या भएको उहाँको भनाइ थियो।

महिला तथा बालबालिका कार्यालय झापाकी प्रमुख इन्दिरा ओझाले हिंसामा परेका महिलालाई समाजले पुनर्स्थापनामा सघाउनुको साटो उल्टै नकारात्मक दृष्टिले हेर्ने हुँदा समस्या भइरहेको बताउनुभयाे।

उहाँले पीडित महिलाहरूको आत्मविश्वास बढाउनका लागि झापामा मनोविमर्श सेवा केन्द्रको आवश्यकता रहेको औ‌ंल्याउनुभयाे। मानसिक सन्तुलन गुमाएर सडकमा रहेका महिलाको संरक्षण गर्न सरकारले अविलम्ब पहल गर्नु पर्ने समेत सुझाव उहाँकाे थियाे ।

प्रकाशित मितिः २०७२ मंसिर १७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: