महिला खबर
चितवन, मंसिर १८ । चितवनका महिला पत्रकार र एचआईभी संक्रमित महिलाले कबड्डी खेलेर २८ औं विश्व एड्स दिवस तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाएका छन् ।
२८ औं विश्व एड्स दिवसको अवसरमा जिल्ला एड्स समन्वय समितिले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बिहीवार मैत्रीपूर्ण कबड्डी खेल खेलिएको थियो । मैत्रीपूर्ण खेलको विजयी पत्रकार महिला भएका छन । चितवनमा अहिलेसम्म १२ सय ५० जना एचआईभी संक्रमितहरू रहेको जिल्ला एड्स समन्वय समितिले जानकारी दिएको छ ।
जनचेतना मूलक कार्यक्रमहरू धेरै हुने र संक्रमित भएकाहरूले पनि उपचार पाउने भएकाले एचआईभीको नयाँ संक्रमित हुने र मृत्यु हुनेहरूको संख्यामा कमी आएको संयोजक कृष्ण हरि सापकोटाले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रमलाई प्राविधिक र आर्थिक सहयोग एड्स हेल्थ केअर फाउन्डेसनले गरेको फाउन्डेसनका संयोजक सापकोटाले जानकारी दिनुभयो । चितवन सक्रिय समूहका अध्यक्ष दिक्षा रीमालले प्रभावकारी कार्यक्रम कै कारण चितवनमा एचआईभी संक्रमितहरू खुलेर आउँदा उनीहरू सोचे भन्दा धेरै बाच्चे गरेको बताउनुभयो ।
प्रकाशित मिति २०७२ मंसिर १८ गते शुक्रवार
Comment Here!