लैंगिक हिंसाविरुद्धको अभियानमा हाजिरी जवाफ प्रतियोगिता


प्रकाशित मिति :2015-12-04 12:39:18

सृजना अर्याल
चितवन, मंसिर १८ । लैंगिक हिंसाविरुद्धको १६ दिने  अभियान अन्तरगत राष्ट्रिय महिला आयोगले चितवनमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगीता गरेको छ ।

IMG_3351

हाजिरीजवाफ प्रतियोगीतामा राष्ट्रिय महिला आयोगको संस्थापकको नाम ,महिला हिंसाविरुद्धको उर्लंदो सय करोड अभियान लगायतका प्रश्न सोधिएको थियो ।

प्रतियोगीता कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी दामोदर आर्चाय महिला हिंसा न्युनिकरणमा विद्यार्थीको भुमिका उल्ेलखनिय हुने भन्दै म केहीमा कम छैन् भन्ने आत्मबल बढाउन छात्राहरूलाई विशेष आग्रह गर्नुभयो ।

उहाँले शिक्षा कार्यलय लैंगिक विभेद कम गर्नै खालका कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँदै महिला हिंसा न्युनिकरण गर्न अझै प्रभावकारी कार्यक्रम आवश्यकता रहेको औल्याउनु भयो ।

IMG_3328

प्रतियोगीतामा लक्ष्मी उच्च मावि लंकुका विद्यार्थी प्रथम भएका थिए भने नारायणी नमुना उच्च मा.वि दोस्रो र बालकुमारी उच्च माविले तेस्रो स्थान हात पारेका थिए । प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थिलाई क्रमश ७ हजार ५ सय, ६ हजार र ४५ सय नगद पुुुरस्कार दिइएको थियो ।

चितवन उच्च मा.वि परिसर भरतपुरमा सम्पन्न उक्त प्रतियोगीतामा १० विद्यालयका दुई छात्रा र एक छात्रा सहितको ३ जनाको समूहले भाग लिएको थियो ।

प्रकाशित मिति :२०७२ मसिंर १८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: