महिला खबर
बैतडी, मंसिर १८ । लैङि्गक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेका बेला बैतडीका महिलाले महिलामाथि हुँदै आएको हिंसा अन्त्यको माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
अखिल नेपाल महिला सङ्घ बैतडीले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सम्पूर्ण राज्य संयन्त्रलाई सचेत गराउँदै राष्ट्रिय कार्ययोजना बनाई घोषणा गर्नुपर्ने माग प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीमार्फत बुझाएको ध्यानाकर्षण पत्रमा गरेको छ ।
महिलालाई हरेक क्षेत्रमा पछाडि पारिएको र उनीहरूलाई समाजमा अपहेलनाको दृष्टिकोणबाट हेरिनु नै समाजको मुख्य समस्या भएकाले यसको सबै मिली प्रतिवाद गर्न अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिवालय सदस्य माया भट्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
समाजमा व्याप्त कुरीति कुसंस्कारहरू तथा पितृसत्तात्मक सोचलाई निर्मूल पार्न लैङिगक हिंसाविरुद्धको सोह्रदिने अभियानले महत्वपूर्ण भूमिका खेल्ने भएपनि यो अभियानलाई सोह्र दिन मात्रै नभई हरेक दिन चलाउन समेत माग गरिएको छ ।
प्रकाशित मितिः २०७२ मंसिर १८ गते शुक्रवार
Comment Here!