झुक्याएर सम्बन्ध विच्छेद गरी अर्को विवाह


प्रकाशित मिति :2015-12-04 16:41:53

देविका घर्ती मगर

दाङ, मंसिर १८। दाङमा एक महिलालाई झुक्काएर सम्बन्ध विच्छेद गर्न लगाई श्रीमानले अर्को बिवाह गरेका छन्। घोराही नगरपालिका लुहासुर निवासी मधु डाँगीले आफूलाई श्रीमान राजु डाँगीले झुक्काएर अदालतमा लगि सम्बन्ध बिच्छेद गर्न लगाएको बताउनुभएको छ।

घरपरिवार, समाजकालागि मात्र सम्बन्ध बिच्छेद गर्ने हो तर, हामीसँगै बस्छौ भनेर श्रीमानले फकाएर अदालत लगी कार्तिक १० गते सम्बन्ध बिच्छेद गर्न लगाएको डाँगीले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनुभएको हो। घरमा आमा र भाउजुको कुरा सुनेर चरित्रहिनको आरोप लगाएपछि परिवारमा उत्पन्न विवादलाई साम्य पार्न भन्दै श्रीमानले अदालतमा लगेर सम्बन्ध विच्छेद गर्न लगाएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

सम्बन्ध बिच्छेद गर्दा आफूलाई एउटा घडेरी दिने र कोठामा बस्न दिने भनेपनि अहिले भने ७ वर्षकी छोरीलाई समेत भेट्न नदिएर यही मंसिर १४ गते अर्को विवाह गरेको डाँगीले जानकारी दिनुभयो। ‘मलाई घरमा सासु र जेठानीले अरुसँग जोडेर बद्नाम गर्न खोजे त्यही कुरालाई लिएर श्रीमानले सम्बन्ध बिच्छेद गरौं, समाजका लागिमात्र हामी छुट्टिने हो तर, हामी सँगै बस्छौ भनेर भन्नुभयो’ डाँगीले भन्नुभयो। उनीहरूको सम्बन्ध बिच्छेद कार्तिक १० गते भएको हो। मंसिरको १३ गतेसम्म पनि श्रमिान आफूलाई भेट्ने गरेको मधु डाँगी बताउनुभयो। ‘तर, १४ गते उहाँले दोस्रो बिहे गर्नुभयो। मलाई थाहा थिएन उहाँले बिहे गर्दै हुनुहुन्छ भन्ने’ उहाँले भन्नुभयो।

सम्बन्ध बिच्छेदको फैसला दाङ देउखुरी जिल्ला अदालतबाट भएको १० दिनसम्म घरमै बस्न दिएको र त्यसपछि परिवारले बस्न दिने तर खान नदिने भनेपछि दिदीको घरमा बसेको डाँगीले जानकारी दिनुभयो। उहाँले सम्बन्ध बिच्छेदपछि पनि आफूलाई झुक्काइएको र अन्याय भएको महसुश नभएको तर, १४ गते श्रीमानले दास्रो विहे गरेपछिमात्र आफु ठगिएको थाहा पाएको डाँगीले बताउनुभयो।

‘पैले कोठामा बस्न दिन्छु, घडेरी दिन्छु पनि भन्नुभएको थियो तर, अहिले कोठामा सामान आएर लैजा भनेर भनिरहेका छन्’–डाँगीले भन्नुभयो। डाँगीले आफूलाई सम्बन्ध बिच्छेद गराउँदा लेखिएको निवेदन पढ्न पनि नदिएको र माइती पक्षसँग कुनैपनि सम्पर्कमा रहन नदिएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

आफूलाई झुक्काएर सम्बन्ध बिच्छेद गर्न लगाएको भन्दै आफूलाई अन्यायमा पारिएको भन्दै उचित न्यायको माग गर्नुभएको छ।

प्रकाशित मितिः २०७२ म‌ंसिर १८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: