गन्तव्यहिन यात्रामा बालबालिका अभियान सुरु


प्रकाशित मिति :2015-12-04 17:11:02

महिला खबर
ललितपुर¸मंसिर १८ । बालबालिकाको संरक्षणका लागि गन्तव्यहिन यात्रामा बालबालिका अभियानको सुरु भएको छ । थातथलोबाट बाहिरिएका बालबालिकाको अधिकारको पुर्ण प्रत्याभुतिका निम्ति सशक्त बालबालिका, सकृय नागरिक समाज र जिम्मेवार सरकारी संयन्त्र तथा आवश्यक नीतिगत र कार्यक्रमिक व्यवस्थाको सुनिश्चित गर्नु रहेको अभियानको संयोजक संस्था सिवीसले जनाएको छ ।

सिवीसका अनुसार नेपालमा करीब ११ लाख बालबालिका आफ्ना परिवारभन्दा बाहिर रहेका छन् । यौन सेवा तथा व्यवसायमा लगाइएका मध्ये १६ देखि ३३ प्रतिशत १८ बर्षभन्दा कम उमेरका रहेका छन् र तिनीहरूध्ये अधिकांश घर परिवारबाट टाढा रहेका छन् ।

करिब ५ हजारको संख्यामा सडक बालबालिका रहेका छन् । बार्षिक १२ देखि १७ हजार महिला बेचबिखनको शिकार भइरहेका छन् र तिनीहरूमा आधाभन्दा बढी संख्या बालिकाहरूको रहेको तथ्याकं सिवीससँग रहेको छ ।

Child

उक्त संस्थाका अनुसार बैदेशिक रोजगारीकाक्रममा उमेर ढाँटेर कम उमेरका बालबालिका पनि जाने क्रम बढिरहेको छ । करीब १६ लाख बालबालिका श्रममा रहेकोमा ३ लाखभन्दा बढी बालबालिका परिवारबाट बाहिर रहेका छन् ।

करीब १६ हजार बालबालिका अनावश्यक रुपमा परिवारभन्दा बाहिर बाल गृहहरूमा रहेको सवीसले जनाएको छ । नेपालका नीति तथा कार्यक्रमले जोखिमपुर्ण गन्तब्यमा पुगिसकेका बालबालिकाको सरोकारलाई सम्बोधन गरेपनि ति कार्यक्रमले गन्तब्य र यात्राको अवस्थालाई सुरक्षित बनाउने, बालबालिकालाई पीडितको रुपमा संरक्षण, सहायतागर्ने र बालबालिकाको सम्पुर्ण अधिकारहरुको सुनिश्चितता गर्ने कार्य सकेको नसकेको सवीसले जनाएको छ ।

यो अभियानको सुरुवात शुक्रवार उपप्रधानमन्त्री र महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री श्री चन्द्रप्रकाश मैनालीले गर्नुभयो। अभियान सुरु गर्न अयोजित कार्यक्रममा बोल्दै मन्त्री मैनालीले यस अभियानमा सरकारको साथ र समर्थन रहेको बताउनुभयो । कार्यक्रममा नागरिक समाजका अभियन्ताहरुले सरकारसँग सहकार्य र समालोचनात्मक संलग्नताका प्रतिवद्दता ब्यक्त गरेका थिए ।

प्रकाशित मितिः २०७२ मंसिर १८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: