महिला खबर
चितवन, मंसिर २० । बालश्रम गर्न हुँदैन भन्ने चेतना बढेसँगै अहिले जिल्लामा बालश्रम मुक्त टोल घोषणा गर्नेहरूको संख्या दिनानुदिन बढेको छ । भरतपुर उपमहानगरपालिका भित्रको पाँचौ बालश्रम मुक्त टोलको रुपमा आज दिपज्योति टोल विकास संस्थालाई घोषणा गरिएको छ ।
नगरभित्रको १ देखि ७ सम्मको पहिलो टोलका रुपमा दिपज्योति टोलले बालश्रम मुक्त टोल घोषणा गरेको हो । बाल संरक्षणका कार्ययोजना सामुदायिक स्तरबाटनै कार्यान्वयन भएमा बालश्रम मुक्त टोल घोषणा हुने कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
भरतपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको दिपज्योति टोल विकास संस्थाले गरेको बालश्रम मुक्त टोल घोषणा कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरा बताएका हुन् । दिपज्योति टोल विकास संस्थाको परिसरमा भएको कार्यक्रमलाई भरतपुर उपमहानगरपालिका र युथ क्लव नारायणगढले सहयोग गरेको थियो ।
प्रमुख अतिथि भरतपुर उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत तुलसी प्रसाद श्रेष्ठले वि.स २०७६ सालसम्म भरतपुर उपमहानगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गर्ने अभियान चलेकाले टोलले गरेको बालश्रम मुक्त घोषणाले धेरै सहयोग पु¥याएको बताउनुभयो ।
बालश्रम मुक्त टोल बनाउन पहिले आफ्नो घरबाट नै सुरूवात गर्नुपर्ने उँहाको भनाइ छ । ५ वर्षभित्रका बालबालिकाको जन्मदर्ता गराउनु पर्ने, बाल बचाऊ, बाल संरक्षण, बाल सहभागीता लगायत ३९ वटा सुचकहरूको समुदायले कार्यान्वयन गरेमा बालश्रम मुक्त टोल घोषणा हुने श्रेष्ठले जानकारी दिनुभयो ।
दिपज्योति टोलले सबै सुचकहरूको कार्यान्वयन गरेको र टोलमा बालश्रम नभएकाले आसपासका समुदायका टोलहरूका लागि उदाहरणीय कार्य गरेको श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति २०७२ मंसिर २० आइतवार
Comment Here!