हिंसा पीडितलाई सहयोग पुग्ने समाचार लेख्न आग्रह


प्रकाशित मिति :2015-12-06 12:53:45

महिला खबर

टीकापुर, मंसिर २० । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अर्न्तरगत टीकापुरमा पत्रकारहरू बीच छलफल भएको छ । सञ्चारिका सुदूरपश्चिमाञ्चल समूहको आयोजनामा भएको ‘हिंसा न्यूनिकरणमा पत्रकारको भूमिका’ विषयक अर्न्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले समाचार लेख्दा सम्बेदनशील हुनुपर्ने बताएका छन् ।

सामुदायिक रेडियो टीकापुर एफएमका प्रवन्धक मातृका तिमिल्सेनाले हिंसामा परेको महिलालाई सहयोग पुग्ने खालका समाचार लेख्न आग्रह गर्नुभयो । टीकापुर दैनिकका सम्पादक भुवनेश्वर अधिकारीले पत्रकारले पीडित महिलालाई निरुत्साहित गर्ने खालका सामग्री प्रकाशन र प्रसारण नगर्न सुझाव दिनुभयो ।

सञ्चारिका समूहका अध्यक्ष दुर्गा देवकोटाले समाचार सामग्रीमा महिला सहभागिता कति रह्यो भनि ध्यान दिनुपर्ने बताउँदै समाचार संकलन गर्दा समावेशीका कुरामा समेत ध्यान दिन सके हिंसा न्यूनिकरणमा मद्दत पुग्ने बताउनुभयो ।

समूहका सचिव सिता खनालले महिलाको नेतृत्व विकास गर्ने र सहभागिता बढाउन मद्दत गर्ने खालका सामग्री संचारमाध्यममा समेटिनुपर्ने कुरामा जोड दिनुभयो ।

पत्रकार ईश्वर साउंदले महिलालाई सामाजिक रुपमा उत्तरदायी बनाउन आवश्यक रहेको बताउँदै मिडियाले महिलालाई विकासका कार्यमा उत्साहित बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति २०७२ मंसिर २० गते आइतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: