महिलाका लागि लगानी नहुँदा हिंसामा कमी आएनः मोहना अन्सारी


प्रकाशित मिति :2015-12-06 12:56:43

रुपा गहतराज

नेपालगंज, मंसिर २०। महिलालाई राज्यले लगानी नगरेका कारण महिला हिंसाको अन्त्य हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बताउनुभएको छ। उहाँले समाजको सामाजिक बनोट र गरीबीका कारण महिला हिसांका घटना बढदै गएको बताउनुभयो। उहाँले भन्नुभयो ‘लगानीजति पुरुषलाई गर्ने तर, परिवर्तन महिलामा खोजेेर हुँदैन।’

नेपालगंजमा पश्चिम नेपालका महिला अधिकार्मीको दुईदिने क्षेत्रिय सम्मेलनको उदघाटन गर्दै अन्सारीले सामाजिक संस्कार पितृसत्तात्मक सोचका कारण महिला हिंसाको संख्यामा कमी आउन नसकेको बताउनुभयो । उहाँले यहि सोचबाट कानुन बनेको बताउँदै मानसिकतामा परिवर्तन आएमा मात्र परिवर्तन निश्चित हुने जिकिर गर्नुभयो ।

कार्यक्रममा महिला अधिकारकर्मी साहिदा साहले अधिकारको वकालत गर्दैगर्दा महिला अधिकारकर्मी आफैँ हिंसा पीडित भएको बताउनुभयो। उहाँले आफैँ पैत्रिक सम्पतिमा आमालाई अंश दिलाउन अधिकारका लागि लड्नु परेको अनुभव सुनाउनु भयो।

महिला बालबालिका कार्यालयका फोकल पर्सन बिन्दु कुँवरले आफूलाई परेको हिसांविरुद्ध आवाज उठाएका कारण महिला घर समाजबाट विस्थापित हुनुपरेको औल्याउँनुभयो। उहाँले महिला बालबालिका कार्यालयको तथ्याकं अनुसार गत वर्ष ११९ वटा महिला हिंसा सम्बन्धि उजुरी कार्यालयमा परेकेा जानकारी दिँदै यो बर्ष साउनदेखि मंसिर मसान्त सम्म ३३ वटा महिला हिंसाका उजुरी परेको जानकारी दिनुभयो।

उहाँले महिला हिसांका घटनामा ४ देखि १० वर्ष उमेरका बालिकाहरू आफ्नै बाबुद्वारा बलात्कार भएको उजुरीसमेत आएको जानकारी दिनुभयो । क्षेत्रिय महिला अधिकार सम्मेलनमा सहभागी महिला अधिकारकर्मीले पुरुषको सहयोग र समन्वयविना महिला हिंसामा कमी नआउने निष्कर्ष निकालेका थिए। उनीहरूले महिलाका सवाललाई महिलाले मात्र उठाएर सम्बोधन हुन नसक्ने बताए।

शनिवारसम्म भएको उक्त सम्मेलनमा बाँके, बर्दिया, दाङ, कैलाली, कंञ्चनपुर ,सुर्खेत ,दैलेख ,बैतडी,बाजुरा ,डोटी नवलपरासी कपिलबस्तु पाल्पा गरी १३ जिल्लाका महिला अधिकार्मीको सहभागी थिए।

प्रकाशित मितिः २०७२ मंसिर २० गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: