नाकाबन्दी गृहिणीका लागि बज्रपात


दैनिक ज्यालामजदुरी गर्नेलाई झन समस्या

प्रकाशित मिति :2015-12-06 14:50:13

रमला सिंगक

सुनसरी, मंसिर २०। तीन सन्तानकी गृहिणी राधिका लिम्बुलाई अचेल विहानबेलुका कसरी खाना पकाउने भनने चिन्ताले सताउने गरेको छ। उनलाई विहान र बेलुका हुने चिन्ता शारिरिक रोग वा अरु केही नभएर खाना पकाउने ग्याँसको अभावबाट उत्पन्न चिन्ता हो।

धरान बुद्धचोककी लिम्बुलाई ६ जनाको परिवारलाई खाना पकाउन ग्याँस नभएपछि तनाव हुने गरेको बताइन्। खाली सिलिण्डर बुझाएको दुई महिना वित्यो तर, पर्याप्त ग्याँस नभएपछि पालो नआउँदा आफूलाई चिया, खाजा, खाना तयार गर्न गाह्रो भएको बताइन्। दाउरा पनि धेरै महंगो भएको उनको गुनासो छ।

धरानकै एक कपडा पसलमा काम गर्ने उनका श्रीमानको मासिक ८ हजार रुपैयाँ तलवले जिवन धान्न धौ धौ भइरेहका बेला नाकाबन्दी आइलाग्दा झनै गाह्रो भएको उनले बताइन्। महंगी बढेको छ, उनले भनिन्, ‘प्रतिभारी ८ सय रुपैयाँमा किनेको दाउरा एक साता पनि पुग्दैन। दाउरामात्र माहिनाको तीनहजार रुपैयाँ लागेपछि घर व्यवहार कसरी चलाउने भनेर सातो गएको छ।’

c684bf09-8998-4b56-8df3-961ab87ae2f4

विद्युतीय चुलो किन्ने र विजुलीको वील तिर्ने हैसियत पनि उनले नभएको बताइन्। ‘गरिव हुनु नै दोष रहेछ। नाकाबन्दी नभएको भए जसो तसो जीवन गुजारा चलेकै थियो’ उनले भनिन्। दैनिक उपभोग्य बस्तुको मुल्य आकासिएकाले खर्च धान्न गाह्रो भएको उनले बताइन्।

राधिकालाई जस्तै भारतीय नाकाबन्दीले समग्र नेपाली उपभोक्ता मध्ये सवैभन्दा बढी घर गृहस्थी सम्हाल्ने गृहिणीलाई गाह्रो भएको छ। शहरी क्षेत्रमा प्राय पुरुषले घर भित्रको काम सम्हाल्ने चलन त्यति नभएकाले महिलालाई नाकाबन्दीले सवैभन्दा बढी तनाव दिएको छ। घरमा चामल र दाल भएपनि पकाउने ग्याँस नहुँदा उत्पन्न समस्याले गृहिणीहरू बढ्ता पिरोलिएका छन्।

धरान बाझोगराकी गृहिणी उषा राईले भनिन्, ‘घरमा एउटामात्रै ग्याँस सिलिण्डर थियो त्यो पनि सकिएको अढाइ महिना भयो। अर्को ग्याँस लिन लाइनमा चारघण्टा उभिँदा पनि पाइएन। अव के गरी खाना के गरी पकाउने भन्ने प्रत्येक विहान र बेलुका चिन्ता हुन्छ।’

उनले यस्तो बेला आफन्त परिवारजन र घर आउने पाहुनालाई कसरी स्वागत गर्ने भनेर चिन्ता लाग्ने गरेको बताइन्। ग्याँस बुलेटहरू नेपाल आएको समाचार सुनेकी धरान शान्तिपथ बस्ने मुना मगरले गुनासो र आक्रोस एकसाथ पोखिन्, ‘आफ्ना नागरिकलाई अत्यावश्यक ग्याँस, इन्धन र औषधी समेत उपलव्ध गराउन नसक्नेहरू मुलुक चलाउने सरकारमा बसेका छन्। नाकाबन्दी भएमा कसरी धान्ने भन्ने कुनै विकल्प विना पो सरकारी भत्ता पचाएर बसेका रहेछन्।’

कहिले काहीँ ग्याँस बुलेट नेपाल छिरेको समाचार टेलिभिजन र पत्रपत्रिकाबाट थाहा पाएपनि पहुँच नभएका उपभोक्ताले नपाउने रहेछ भन्ने उनले बुझी सकिन्। उनले भनिन्, ‘विद्युतीय चुलामा खाना पकाउँ, लोडसेडिङ छ। होटलमा गएर परिवारैले खाने हैसियत छैन।’

नाका बन्दीले जागिरे कामकाजी महिलालाई झन् तनाव दिएको छ। घरमा विहान र बेलुकाको खाना पकाइ सरसफाइ गरिसकेपछि स्कूटरमा कार्यालय हुँइकिने कामकाजी गृहिणीलाई एलपी ग्याँस र पेट्रोलीयम पदार्थको अभावले झन् तनाव दिएको छ।

धरानकी ममता राई भनिन्, ‘विहानको नौ बजेसम्ममा सवैलाई खाना खुवाईसक्नु पर्छ नभएपछि दाउरा विक्रि हुने चोकमा गएर दाउरा ल्याउनु पर्‍यो। अनि धुवासरी खाना पकाएपछि खुवाउने र विहानको घरको कामधन्दा सकेपछि अफिस जाने बेलामा पेट्रोल नभएपछि ४० मिनेट हिडेर अफिस पुग्नु पर्‍यो। साथमा पैसा भए सिटि सफारी चढ्यो।’

कहिलेकाहीँ यो नाकाबन्दी कमकाजी महिला र गृहिणीलाई मात्र आएको हो कि जस्तो पनि लागेको उनले बताइन्। धेरै पैसा हुनेले बढी रकम तिरेर भएपनि ग्याँस र पेट्रोल किनेर गुजारा चलाएको सुनेको उनले बताइन्। ‘हामी जस्ता निम्न मध्यम वर्गका परिवारका गृहिणीलाई भने यो नाकाबन्दी सहनै नसक्ने बज्रपात भएका छ’ उनले भनिन्।

धरानका अधिकांश सुकुम्ब्ाासी बस्तीका महिलाले ग्याँसको विकल्पमा नजिकैको जंगलबाट दाउरा खोजेर ल्याउने गरेका छन्। दैनिक ज्यालादारी, मजदुरी गरेर जीविका धान्ने परिवार दाउरा खोज्न जानु परेपछि कमाउनका लागि दिने समय हप्तामा दुईदिन दाउरा खोज्नमा दिनु परेको धरानस्थित सगरमाथा सुुकुम्बासी टोलकी देविका थापाले बताइन्। उनले भनिन्, ‘दैनिक ज्यालामजदुरी गर्ने हामी जस्तो सुकुम्बासीले खाना पकाउनका लागि दाउरा खोज्न जंगल जानु पर्ने भएको छ। अरुले ल्याएको दाउरा किन्ने हैसियत छैन।’

प्रकाशित मितिः २०७२ म‌ंसिर २० गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: