स्वास्थ्य विमाप्रति महिलाको आकर्षण


प्रकाशित मिति :2015-12-07 09:24:08

महिला खबर
नेपालगन्ज, मंसिर २१। छोरा सुरजको पेट दुखेपछि बाँके टिटिहिरिया गाविसकी फिरी थारुले उपचारको लागि सिधै नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा पुग्नुभयो। सुरजको विशेषज्ञ चिकित्सकले जाँच गरेर निको भयो।

छोराको उपचारमा खर्च भएको बील र औषधि खरिदको बिल समूहमा पेश गरेपछि उनले ३ हजार रुपैयाँ प्राप्त गरिन्। ‘अहिले त सजिलो लाग्छ, घरमा कोही विरामी भयो भने गाउँमा धामी गुरुवा र मेडिकल धाउँदैनौ सिधै नेपालगन्ज अस्पताल गएर डाक्टरलाई देखाउँछौँ।’–फिरीले भन्नुभयो–’औषधिको खर्च फिर्ता पाउने भएपछि अहिले सामान्य केही भएपनि अस्पताल नै जाने गरेका छौँ।’

निर्धन संस्थाले समुदायमा आधारित लघुस्वास्थ्य सुरक्षा कार्यक्रम …संजीवनी’ लागु गरेपछि टिटिहिरिया गाविसकै निवासी रीता थारुले पनि आफ्नो स्वास्थ्य जाँच गराउनुभयो। उपचार शुल्क र औषधिको बिल पेश गरेको आधारमा उनले २ हजार ८ सय रुपैयाँ फिर्ता पाउनु भएको छ।

‘सुरुमा असाध्यै गाह्रो भयो, यहाँका अधिकांश महिला दिदीबहिनी गम्भीर विरामी हुँदा पनि गुरुवा र धामीको घरमा पुग्नुहुन्थ्यो, मेडिकलबाट जाँचै नगरी औषधि खाने गर्नुहुन्थ्यो, अस्पताल जाने बानी नै थिएन। स्वास्थ्य विमाको कुरा गर्दा कुरै नसुनी घरभित्र पस्नुहुन्थ्यो।’–टिटिहिरियाकी सञ्जिवनी कार्यकर्ता भीममाया बि.क.ले भन्नुभयो–’एक दुई जनाले नेपालगन्ज अस्पतालमा उपचार गराएपछि सुविधा लिएको जानकारी पाएपछि बल्ल हामीप्रति विश्वास गर्नुभयो।’

सुरुमा ४ वर्षअघि ५ जनाबाट लघुस्वास्थ्य सुरक्षा कार्यक्रम सुरु गरेकोमा अहिले टिटिहिरियामा मात्रै ४ सय १ जना सदस्य पुगेको छ। यी मध्ये यो वर्षमात्रै ७० जनाले उपचार गरेवापत बिल बुझाएर सुविधा प्राप्त गरेको निर्धन संस्थाले जनाएको छ। समुदायद्वारा समुदायमा समुदायको लागि सञ्चालित यो कार्यक्रमको नेतृत्व महिलाले नै गरेका छन्।

कार्यक्रममा सहभागी र कर्मचारी पनि अधिकांश महिलानै रहेको कार्यक्रमका जिल्ला व्यवस्थापक जिताराम गौतमले बताउनुभयो। वार्षिक रुपमा सानो शुल्क तिरेर ठूलो उपचार वापतको रकम पाइने भएपछि वर्षेनी सर्वसाधारणको आकर्षण समेत बढ्दै गएको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका साथै १८ ओटा गाविसमा कार्यक्रम सञ्चालन गरिएको छ।

हरेक वर्षको वैशाख र जेष्ठमा संजीवनीमा सदस्य आवद्ध गराउने र असार १ गतेदेखि कार्यक्रम लागु गर्ने गरेको समुदायमा आधारित लघुस्वास्थ्य सुरक्षा कार्यक्रमका कार्यक्रम व्यवस्थापक गौतमले जानकारी दिनुभयो।

प्रकाशित मितिः २०७२ मंसिर २१ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: