कर्णालीकी विष्णुमाया हङकङ दौड प्रतियोगितामा प्रथम


प्रकाशित मिति :2015-12-07 09:55:08

महिला खबर

जुम्ला, मंसिर २१ । जुम्लाको  मालिकाठाँटा खोप्रीगाउँमा जन्मेकी विष्णुमाया बुढा हङकङमा भएको एम्सिग लाङ्टाउ पाँच किमी भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ दौड प्रतियोगितामा पहिलो हुनुभएको छ ।

उहाँले यो दौड ५१ मिनेट ५० सेकेन्डमा पार गरेर पहिलो हुनुभएकव हो । प्रथम स्थान प्राप्त गरेपछि उहाँले ६ हजार हङकङ डलर प्राप्त गरेको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । दौडमा फ्रान्स, केन्या र हङकङले  क्रमशः द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गरेका थिए ।
Capture
त्यसैगरी आईतवारै भएको ५० किमी एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा  बुढाले चौथो स्थान प्राप्त गर्नुभयो । यसमा उहाँले एक हजार हङकङ डलर पाउनुभयो । बुढा पहिलोपटक विदेशमा अयोजित खेलमा सहभागी  हो । दुई साताअघि  उहाँले मनास्लुको म्याराथुनमा २२० किमीमा पहिलो हुनुभएको थियो ।

विष्णुमायालाई हङकङको एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा सहभागी गराउन नेपाल ट्रेल रनिङले सघाएको क्लबका सल्लाहकार नारायण आचार्यले बताउनुभयो । बुढालाई कर्णालीका हिमचितुवाका नामले चिनिने म्याराथुन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिँदै आउनुभएको थियो ।

प्रकाशित मिति :२०७२ मसिंर  २१ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: