अधिकार प्राप्तिमा नेपाल अगाडीः मन्त्री मानवी


प्रकाशित मिति :2015-12-07 09:59:39

महिला खबर

काठमाडाैं, मंसिर २१ । महिला अधिकारको विषयमा धेरै अगाडी रहेको बिनाविभागीय मन्त्री शान्ता मानवीले बताउनुभएको छ । कानुनी सहयोग तथा परामर्श केन्द्र र राष्ट्रिय महिला आयोगले  आईतवार आयोजना गरेको हिंसा न्यूनीकरणका लागि भएका नेपालको कानुनी प्रयास तथा समसामयिक अवस्थाले महिला तथा बालबालिकामा परेका असर विषयक अन्तर्क्रियामा उहाँले कानुनले व्यवस्था गरेको कुरालाई कार्यान्वयन गर्ने तहमा लैजान कार्यान्वयन स्थलबाट नै सङ्घर्षको थालनी गरेमात्र कानुनको कार्यान्वयन हुने कुरा स्पष्ट पार्नुभयो ।

मन्त्री मानवीले सिद्धान्त र कुरामा मात्र अल्मलिएर बस्दा कानुन व्यवहारमा लागू हुन नसक्ने भन्दै कानुनलाई कार्यान्वयन गरेमात्र  परिणाम देखिने आल्याउनुभयो । राष्ट्रिय महिला आयोगका कार्यबाहक अध्यक्ष मनु हुमागाईंले महिलामाथि हुँदै आएको हिंसा न्यूनीकरणका लागि सरकारी, गैरसरकारी तथा समाजका हरेक क्षेत्रको प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो ।

कानुनी सहयोग तथा परामर्श केन्द्रका अध्यक्ष शशि अधिकारीले नेपालमा महिलाले घरेलु, बालविवाह, जबर्जस्ती तथा ढाँटी विवाह, बहुविवाह, दाइजो तिलक, घरबाट निकाल्नेजस्ता थुप्रै हिंसा भोग्नु परिरहेको बताउनुभयो । सांसद रीता शाहीले भइसकेको हिंसालाई न्यूनीकरण गर्नेतिर लाग्नुभन्दा पनि महिला हिंसा हुन नै नदिन राज्य, प्रहरी, सामाजिक संस्था लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा  सहभागी अन्य वक्ताले नेपालमा ७० प्रतिशत महिला गरिबीकाे रेखामुनि रहेकाले महिलामाथि हुने हिंसामा बढेको बताएका थिए ।
प्रकाशित मितिः २०७२ मंसिर २१ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: