महिला खबर
पोखरा, मंसिर २१ । राज्यका विभिन्न निकायमा महिलाको समान सहभागिताकोे आवाज उठाइरहँदा महिलाको बौद्धिक ज्ञानको प्रदर्शन पनि आवश्यक रहेको भन्दै पोखराका महिला संगठित भएका छन् ।
लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रममा जुुटिरहेका महिलाले सशक्तिकरणका लागि बौद्धिक ज्ञान पनि अपरिहार्य ठानेर परिर्वतनका लागि कार्य नेपाल संस्था अन्तर्गत स्टडी सर्कल समाज नामक उपसमितिमा आवद्ध भई अध्ययनमा जुटेका हुन् । सो कार्यका लागि सावित्री शर्माको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरिएको छ ।
‘चेतना मुलक समाज निर्माणका लागि, अध्ययन संस्कृतिको विकास गरौ’ भन्ने उद्देश्यका साथ अभियान थालिएको संस्थाका अध्ययक्ष गीता लामिछाने विष्टले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत घरमा नै बसेर महिना भर एउटा समसामयिक र चेतनामुलक विषय वा पुस्तक अध्ययन गर्ने र महिनाको तेस्रो शुक्रवार आफूले बुझे अनुसार विश्लेषात्मक समीक्षा गर्ने संयोजक सावित्री शर्माले जानकारी दिनुभयो । ‘यस अभियानले महिलाको बौद्धिक क्षमता बृद्धिका लागि समेत सहयोगी हुने विश्वास लिएको शर्माले बताउनुभयो ।
उहाँका अनुसार सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, शैक्षिक, मनोवैज्ञानिक लगायतका कोणबाट विश्लेषण गरिनेछ । सो स्टडी सर्कलमा विभिन्न पेशा, व्यवसायमा एवं सामाजिक क्षेत्रमा क्रियाशिल महिला आवद्ध छन् ।
अहिले स्टडी सर्कलमार्फत् अमर न्यौपानेको करोडौ कस्तुरी अध्ययन भइरहेको समेत शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति :२०७२ मंसिर २१ गते सोमवार
Comment Here!