व्यवहार परिवर्तन नभएसम्म कानुन कार्यान्वयन हुँदैन : मन्त्री मैनाली


प्रकाशित मिति :2015-12-07 16:54:16

महिला खबर

काठमाडौं, मंसिर २१। उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले सवै खाले द्वन्द्वको बोझ महिलालाई पर्ने भएकाले यस्ता द्वन्द्वलाइ कम गर्ने वा यसको रुप परिवर्तन गर्ने भन्ने भूमिकामा महिला हुनुपर्ने बताउनुभएको छ।  अाेरेक नेपाल र अाइसीस वीकी अल्मुनाइले  अाज अायाेजना गरेकाे शान्ति प्रक्रियामा महिला सहभागिता विषयक अन्तर्किया कार्यक्रममा बोल्दै मन्त्री मैनालीले बिभिन्न सांस्कृतिक, आर्थिक, सामाजिक, र क्षेत्रिय रुपमा महिलामाथि बिभेद भइररहेको र अर्कातिर बिभिन्न नाममा देशमा भइरहेका द्वन्द्वको मार महिला र बालबालिकामा धेरै परेकाले यसलाई कम गर्न पनि महिला कै अगुवाई हुनुपर्ने औल्याउनुभएको हो।

cp mainali

संविधान कानुन बनेपनि जवसम्म हाम्रा व्यवहार परिवर्तन हुँदैनन् तवसम्म कार्यान्वयन नहुने मन्त्री मैनालीले बताउनुभयो। यस्ता व्यवहार परिवर्तन गर्ने मुख्य जिम्मोवारी राजनीतिक दलहरूकै भएपनि नागरिक समाजको पनि यसमा महत्वपुर्ण भुमिका हुने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो ‘हजाराैं वर्षदेखिको बिभेदको अन्त्य जादुमय रुपमा केहीसमय मै हुँदैन। यो विस्तारै हुन्छ र भइराखेको छ।’ केही वर्षपछि नै कुनै आरक्षण विना महिलाहरू नेतृत्व तहमा पुर्‍याउने राज्यको संकल्प र लक्ष्य पुरा गर्न उनीहरूको क्षमता बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

अर्न्तक्रियामा बोल्दै सत्य निरुपण तथा मेलमिलाप आयोगका आयुक्त डा माधवी भट्टले जुनसुकै द्वन्द्वमा महिला बढी मारमा परेको भन्दै १० वर्षे शसस्त्र द्वन्द्वमा भएको यौनहिंसा पीडितहरुको बारेमा अहिलेसम्म राज्यले तथ्याकं संकलन गर्न र उनीहरुलाई सम्बोधन गर्न पहल नगरेको बताउनुभयो।

आयोग गठन भएको १० महिनामा २० जिल्लाको भ्रमण गरेको र यसक्रममा यस्ता पीडितहरू भेटेको भन्दै उहाँले द्वन्द्वका क्रममा यौनहिंसामा परेका महिलालाई न्याय दिलाउन आयोगले प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो।

राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष मनु हुमागाइले मधेस आन्दोलनका क्रममा महिलाहरुले निकै समस्या खेपीरहनु परेकोले आयोगले यसको छिटै अनुगमन गर्ने बताउनुभयो।

अर्न्तक्रियामा सहभागी मधेशी महिलाले मधेश आन्दोलनका क्रममा मधेशमा महिलामाथि ज्यादती भइरहेको र यसलाई अधिकारकर्मीहरूले वास्ता नगरेको गुनासो गरेका थिए ।

प्रकाशित मितिः २०७२ म‌ंसिर २१ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: