महिला खबर
काठमाडौं, मंसिर २१ । ६७ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसका अवशरमा काठमाडौंमा मानव अधिकार राष्ट्रिय महाभेला हुने भएको छ। काठमाडौंमा आज पत्रकार सम्मेलन गरी १६ दिने महिला हिसांविरुद्धको अभियान अर्न्तगत तिन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाव अधिकार महाभेलाको आयोजना गरिने जानकारी दिइयो। “लोकतन्त्र, मावन अधिकार र समावेशिता : राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता” भन्ने नाराका साथ सञ्चालन हुने कार्यक्रमको बुधबार राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुहुने छ।
मावन अधिकार राष्ट्रिय महाभेला मुल आयोजक समितिका संयोजक शान्ता लक्ष्मी श्रेष्ठले मानव अधिकारको क्षेत्रमा निरन्तर कार्यरत रहि महिला अधिकार प्राप्तिका लागि उल्लेखनिय योगदान पुर्याएका मानव अधिकारकर्मीलाई सम्मान पनि गर्ने जानकारी दिनुभयो।
संयोजक श्रेष्ठले सन् २०३० सम्ममा राज्यका हरेक क्षेत्र र तहमा पचास प्रतिशत महिलालाई नेतृत्वमा पुर्याउन आजदेखि अभियान सुरु गर्ने बताउनुभयो।
प्रकाशित मितिः २०७२ मंसिर २१ गते साेमवार
Comment Here!