राष्ट्रपति महिला हुँदा गौरव लागेको छ : थारु महिला


प्रकाशित मिति :2015-12-08 11:26:51

महिला खबर

नेपालगन्ज, मंसिर २२। संविधानमा महिलाका अधिकारलाई मौलिक हकमा राखिएको छ तर, महिला अधिकारको सुनश्चितता अझै हुन सकेको छैन। बाँके बैजापुरकी शैलजा चौधरीले संविधानका बारेमा यस्तो विचार राखेपछि अन्य सहभागी पनि आश्चर्यमा परे। उहाँले देशमा राष्ट्रपति महिला हुँदा गौरब लागेको बताउँदै महिलाको सहभागिता यसरी बढ्दै गएमा मात्र महिला हिंसा अन्त्य हुने बताउनुभयो।

महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भएको कार्यक्रममा बोल्ने अधिकांश थारु समुदायका महिलाले हिंसा रोक्न पुरुषको साथ र सहकार्यको आवश्यता हुने बताए। थारु जातीको बाहुल्यता रहेको यो गाउँका थारु महिलाले कार्यक्रमममा निर्धक्क आफ्ना भनाइ राखेपछि सबैले प्रसंशा गरे।

उनीहरूले महिला सम्बन्धी बनाइएका कानुनको कार्यन्वयन हुन सके मात्र महिला हिसां नियन्त्रण हुन सक्ने बताए।  कोठे बैठकले कुनै उपलब्धी हासिल नहुने भन्दै उनीहरूले अझै पनि गाउँमा चेतनाको स्तर बढाउन जरुरी रहेको बताए।

मेलमिलाप तथा बिकास मञ्च बैजापुरको आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका नेपालगंजका क्षेत्रीय निर्देशक मुरारी खरेलले हिंसा आफै नराम्रो तत्व भएकोले हिंसा गर्न तथा सहन नहुने बताउँदै महिला हिंसा नियन्त्रणका लागि सबैले आ—आफनो स्तरबाट सहयोग तथा अभियान चलाउनुपर्ने बताउँनुभयो। उहाँले आफूमाथि परेको अन्यायविरुद्ध आफैँ अग्रसर हुनुपर्ने बताउनुभयो।

मेलमिलाप तथा विकास मञ्काका अध्यक्ष पुजा भुसालले हिंसा अन्त्यका लागि आफ्नो क्षेत्रबाट प्रयास जारी राख्ने बचन दिनुभयो।

प्रकाशित मितिः २०७२ म‌सिर २२ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: