महिला खबर
नेपालगन्ज, मंसिर २२। महिला हिंसा सम्बन्धि १६ दिने अभियान चलिरहँदा बाँकेको पुरैनामा महिलाले खुल्ला मदिरा उत्पादन, विक्रि वितरण तथा जुवातास नियन्त्रणका लागि घरदैलो अभियान सुरु गरेका छन्।
टोल सुधार समितिको भेलाबाट खुल्ला मदिरा उत्पादन, विक्रि वितरण तथा जुवातास नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन भएकोे हो। अभियानलाई व्यवस्थित र सार्थक तुल्याउन गाउँका सवै महिलालाई नै नेतृत्वकर्ताको रुपमा राखिएको छ।
कुनै एक ब्यक्तिलाई नेतृत्व दिए अरु जिम्मेवारीबाट पन्छिन सक्ने भएकोले सवैजनालाई जिम्मेवारीबोध होस् भनि यस्तो निर्णय गरिएको अभियानकी अभियन्ता मैतीदेवि विकले जानकारी दिनुभयो।
समाजमा व्याप्त जुवातास, खुल्ला मदिरा उत्पादन तथा विक्रि वितरणले युवा, बालबालिकालाई असर गरि सामाजिक वातावरण विग्रन थालेपछि यसको नियन्त्रणका लागि समितिले अभियान स्वरुप जुवातास र मदिराजन्य पदार्थ उत्पादन विक्रिवितरण नियन्त्रण अभियान चलाएको अभियन्ता मीनु रावतले जानकारी दिनुभयो।
करिब चार दर्जन बढी गाउँका महिलाको सहभागितामा भएको छलफलले गाँउमा उत्पादन भइरहेको मदिराजन्य पदार्थ तथा जुवातास नियन्त्रणका लागि पाँच हजार जरिवाना लिने निर्णय गरिएको रावतले बताउनुभयो।
समाज सुधारका लागि महिलाद्वारा गरिएको यो अभियानलाई सशक्त पारी अगाडी बढाईने अभियानकी सदस्य लिला सिंहले बताउनुभयो। वहाँले भन्नुभयो–’अहिले हामी पाँच हजार मात्र जरिवानाको व्यवस्था गरेका छौं। तरपनि सुधार नभएपछि थप कारबाहीको व्यवस्था गर्नेछौँ।’
अभियानकी अर्की एक महिला अनिता रावतले भन्नुभयो–’जाँड रक्सी खाएर होहल्ला गरि छिमेकीलाई सताउने तथा परिवारमा झैझगडा गर्ने कामलाई पूर्णरुपमा बन्द गराउन अभियान गरिएको हो।’
‘चाडपर्व तथा समय विताउने बहानामा हुने गरेको जुवातास तथा मादकपदार्थ उत्पादन र विक्रि वितरणले सामाजिक वातावरण विग्रदै गएपछि यसलाई नियन्त्रण गर्न हामीले कम्मर कसेको हो।’—अभियन्ता धनसरा मल्लले भन्नुभयो–’घरगृहस्थी चलाउने महिलाले यस्ता सामाजिक विकृतीबाट धेरै सास्ती भोग्नु परेकोले महिलानै अग्रसर भई अभियान चलाईएको हो। ‘
अभियानकै क्रममा संकलन गरिएको रकमलाई टोल सुधार समितिमा जम्मा गरि उक्त रकम समाजको विकासका लागि खर्चिने अर्की अभियन्ता कमला विकले बताउनुभयो। वहाँले भन्नुभयो –’हामी सबैको भलो होस भन्ने चाहान्छौं। महिलाद्वारा गरिएको यो सवैको साझा अभियान बनोस्, पुरुषको पनि सहयोग हुनुपर्छ।’
अभियानवारे जानकारी गराउँदै महिला।
Comment Here!