महिला खबर
काठमाडौं¸ मंसिर २२ । ‘एसिया लोकतन्त्र र मानवअधिकार अवार्ड–२०१५’ शक्ति समूहका अध्यक्ष सुनिता दनुवारलाई प्रदान गरिने भएको छ ।
ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाले दिने एक लाख अमेरिकी डलरले अध्यक्ष दनुवारलाई दिन लागेको हो । दनुवारले मानववेचविखनिवरुद्ध गरेको योगदानको कदर गर्दै सो सम्मान प्रदान गर्न लागिएकाे उक्त संस्थाले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवस डिसेम्बर १० का दिन ताइपेइमा सो सम्मान प्रदान गरिने छ । सम्मान ग्रहण गर्न दनुवार आज ताइवान जानुभयो । फाउन्डेसनले एसियामा मानवअधिकार तथा लोकतन्त्रका विषयमा महत्वपूर्ण योगदान पुर्याउने एक व्यक्ति वा संस्थालाई हरेक वर्ष उक्त सम्मान दिँदै आएको छ ।
प्रकाशित मितिः २०७२ मंसिर २२ गते मङ्गलवार
Comment Here!