द्वन्द्वपीडित महिलालाई राज्यले संरक्षण गर्नुपर्छ


प्रकाशित मिति :2015-12-08 15:18:38

महिला खबर

रुपन्देही, मंसिर २२ । रुपन्देहीका द्वन्द्वपीडित महिलाले लोकतन्त्र स्थापना र नयाँ संविधान निर्माणकालागि परिवार गुमाएकालाई राज्यले संरक्षण गर्नुपर्ने माग गरेका छन् ।

लोकतन्त्र र संविधानकालागि सिन्दुर पुछेका महिलालाई  राज्यले अभिभावकीय भुमिका खेल्नुपर्ने भएपनि अहिलेसम्म त्यस्तो अनुभव गर्न नपाएको उनीहरुले गुनासो गरे ।

नागरिकको घरदैलोसम्म पुगेर विकास योजना बनाउने स्थानीय निकायले समेत योजना तर्जुमा र बजेट विनियोजनमा द्वन्द्वपीडितलाई विभेद गरेको महिलाले दुखेसो पोखे ।

पटक पटक माग गर्दा पनि महिला, दलितलगायतको प्रतिनिधित्व गराउने स्थानीय निकायले जिल्लाका सबै गाविसका टोलदेखि वडा हुँदै गाविस र जिविससम्म पु¥याउने योजना तर्जुमा प्रक्रियामा द्वन्द्वपीडितहरुलाई  सहभागी नगराएको उनीहरूको भनाइथियो ।   यसले गर्दा द्वन्द्वबाट प्रभावितहरूका समस्या समाधान र आवश्यकता पुर्ति गर्ने खालका विकास योजनाहरू बन्न नसकेको र जनजीवन सुधार्न नसकेको उनीहरूले  गुनासो गरे  ।

युएसआइडीको सहयोगमा केयर नेपाल र नमूना एकिकृत विकास परिषदले रुपन्देहीमा आयोजना गरेको सहभागितामुलक योजना तर्जुमा प्रक्रियासम्बन्धी अभिमुखीकरण कार्यक्रममा  द्वन्द्वप्रभावित महिलाले यस्तो गुनासो गरेका हुन् ।

सहभागितामुलक योजना तर्जुमा प्रक्रियामा द्वन्द्व प्रभावितहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा स्थानीय निकायमा सुशासन प्रवद्र्धन गर्न गठन गरेको वडा नागरिक मञ्चमा समेत आफूहरू सहभागी नगराएको द्वन्द्वपीडित महिलाहरुले दुखेसो गरे । यसले गर्दा स्थानीय निकायका हरेक क्रियाकलापमा पछाडि परेको र समाजमा आफ्नोे पहिचान गुमेको उनीहरुले बताए ।  यसकालागि अविलम्ब वडा नागरिक मञ्चमा द्वन्द्वपीडितको सहभागिता गराउनुपर्ने माग  उनीहरूले गरे ।

स्थानीय शान्ति समिति रुपन्देहीका अध्यक्ष ज्ञानु पौडेलले स्थानीय संरचनामा द्वन्द्व प्रभावितहरूको प्रतिनिधित्व बढाउने र स्थानीय बजेट विनियोजनलाई व्यवस्थित गर्न द्वन्द्व प्रभावितहरूको संलग्नता बढाएर शान्ति निर्माण प्रक्रियालाई सहयोग गर्नुपर्ने बताउनुभयो । यसकैलागि अभिमुखीकरण कार्यक्रम गरिएको  उहाँले बताउनुभयो । कार्यक्रममा रुपन्देहीका १५ गाविस तथा नगरपालिकाका द्वन्द्व प्रभावितको सहभागिता थियो ।

प्रकाशित मिति :२०७२ मस‌िंर २२ गते म‌ंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: