सामुदायिक रेडियोमा महिलाका लागि अवसर न्युन


प्रकाशित मिति :2015-12-09 10:19:09

महिला खबर

काठमाडौं, मंसिर २३। सामुदायिक रेडियोमा संलग्न हुने र काम गर्ने अवसर पाएपनि आवश्यक क्षमता र सीप अभिवृद्धि गर्न थप तालिमका अवसरहरूमा महिलाको सहभागिता न्यून रहेको एक कार्यक्रमका वक्ताले बताएका छन्। “लोकतन्त्र, मावन अधिकार र समावेशिता : राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता” विषयक काठमाडौंमा आयोजित कार्यक्रमका वक्ताले सामुदायिक रेडियोमा कार्यरत महिला पत्रकारलाई लैङि्गक सवालमा सम्वेदनशिल र लैङि्गक दृष्टिकोणले स्पष्ट बनाउन सकिए महिला सशक्तिकरण र लैङि्गक समानाताको पक्षमा काम गर्न सकिने बताए ।

सामुदायिक रेडियोमा कार्यरत महिला पत्रकारलार्ई सैाद्धान्तिक पक्षमा जानकारी गराउँदै उनीहरूको क्षमता र सीप अभिवृद्धि गर्ने तालिमको आवश्यकता रहेको बताए ।

लैङि्गक समानता र महिला सशक्तिरकणको आवाजलाई बुलन्द गर्न सामुदायिक रेडियोले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमका वक्ताहरूले व्यापक पहुँच र प्रभावकारिताका हिसाबले सामुदायिक रेडियोहरूले लैङि्गक समानताको लक्ष्य हासिल गर्न अझै धेरै योगदान दिनसक्नु पर्ने सुझाव दिएका थिए।

प्रकाशित मितिः २०७२ मंसिर २३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: