आफ्नैद्वारा जलाइएका महिला पीडकसँगै बस्न बाध्य


आर्थिक अभावका कारण उपचारमा समस्या

प्रकाशित मिति :2015-12-09 11:27:45

रुपा गहतराज

नेपालगन्ज, मंसिर २३। आपसी बिबाद र दाइजोका कारण परिवार र श्रीमानबाट जलाइएका महिला आत्मनिर्भर हुन नसक्दा अहिले पनि उनै पीडक श्रीमान र परिवारसँग बस्न बाध्य छन्। अधिकांश पीडितहरू थप उपचार नपाउँदा झनै पीडित बनिरहेका छन्। यी मध्ये धेरैले डर र त्रासका कारण घटना लुकाएका छन्।

Hasrunबाँकेमा २०६४ साल कात्तिकमा आफनै श्रीमानबाटै जलाइएकी बाँके परस्पुर गाबिसकी ३० बर्षीया हासरुन इद्रीसी अहिले उनै श्रीमानसँग बस्दै आएकी छन्। माइतीको आर्थिक अवस्था ठिक नभएपछि श्रीमानसँगै बस्दै आउनु परेको उनी बताउँछिन्। इद्रीसी भन्छिन् – ‘आर्थिक अवस्था कमजोर भएका कारण माइतीको बोझ हुन चाहिनँ त्यसैले श्रीमानसँगै बसिरहेकी छु। कतिसम्म माइतीको बोझ भएर बस्नु ?’

जलेको उनको घाउ अझै निको भएको छैन। घाटीदेखि दायाँपट्टीको हात जलेका कारण उनको दायाँ हातले अझैपनि राम्रोसँग काम गर्न सक्दैन। इद्रीसी भन्छिन्  ‘आर्थिक अभावका कारण हातको शल्यक्रियाका हुन सकेको छैन।’

जलेको उनको हातले राम्रोसँग काम गर्न नसक्दा सिलाइकटाइ गर्न सुरु गरेकी उनले कैँची चलाउन नसक्दा पसल नै बन्द गरिन्। आर्थिक अभावका कारण उनका छोराछोरी स्कुल समेत जान सकेका छैनन। महिला बिकास कार्यालयको सहयोगकमा केही समय निःशुल्क पढेका उनीहरूको पढाइ अहिले रोकिएको छ।

हासरुन इद्रीसी

हासरुन मात्रै होइन बर्दिया महोम्मदपुर गणेशपुरकी ३१ बर्षीया गीता नेपाली शेषले ०७२ साउन १५ गते राति आफैँले आफैँलाई आगो लगाएको बताइन्। माइत जाने विषयमा भएको बिबादका कारण उनले आफैँलाई आगो लगाएको बताउदै श्रीमानसँग बस्दै आएकी छन्। गीता भन्छिन –गल्ती गरेर अहिले आफैँ पछुताउनु परेको छ। रिसको झोकमा आफैँलाई जलाइयो अहिले आफैलाई दुःख भयो।’

आफैँलाई आफैँले जलाएको कारण बारे खुल्न नचाहेकी गीताले आफ्नो उपचारका लागि सहयोग गरिदिन आग्रह गरिन्। श्रीमानले नै अहिले उनको उपचार खर्च जुटाउँदै आएका छन्। उनको कम्मरदेखि माथिको भाग पुरै जलेको छ। हातले अझै राम्रोसँग काम गर्न सकेको छैन।

Rihana३ महिना काठमाडौं मा उपचार गरेर फर्किएकी गीतालाई हातको शल्यक्रियाका लागि फेरी डाक्टरले काठमाडौं बोलाएका छन्। तर, आर्थिक स्थीति कमजोर भएका कारण उनले थप उपचार गर्न सकेकी छैनन्। राज्यबाट पाउनु पर्ने ५० हजार रुपैयाँ पनि नपाएको उनका श्रीमान नैमुद्यीन शेष बताउँछन्।

सात महिनाकी गर्भवती बाँके लक्ष्मणपुर गाविस मियापुरवाकी २१ वर्षीया रिहाना सेख ढफालीलाई पति २६ वर्षीय फरिद ढपालीले २०७० चैत ३ गते पति, सासु, ससुराले पछाडी हात बाँधेर आगो लगाए। अनुहार बाहेक शरीरका सम्पुर्ण अगं जलेका कारण उनको खुट्टा अझै राम्रोसँग चल्दैनन्।

जसका कारण उनी राम्रोसँग हिँड्न समेत सक्दिनन्। रिहाना भन्छिन्– , घाउ पाकेका ले हिँड्न सक्दिन। दुखाइले राती निदाउन पनि सक्दिन।

अर्न्तराष्ट्रियस्तरमा समेत चर्चा पाएको उनी जलेको घटनाले पायो तर, उनले न्याय भने अझै पाएकी छैनन्। एकातिर जिन्दगीभर घाउ बोकेर बसेकी रिहाना लाई आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारमा समस्या भएको छ भने आफूलाई पिडा दिनेहरू पक्राउ नपर्दा उनी थप चिन्तित भएकी छन्। रिहाना भन्छिन् –जंगलको बिचमा घर छ, सँधै डर लाग्छ। प्रहरीले अपराधीलाई अझै पक्राउ गर्न सक्दैन।                                                                                                                                         रिहाना शेष ढपाली

दाईजो कम ल्याएकोलगायत बिभिन्न नाममा महिलालाई जलाउने घटना दिनदिनै बढेका छन् तर, यी घटनाको प्रभावकारी छानविन र पीडकलाई कार्वाही हुन नसक्दा वास्तविकता समेत ओझेलमा पर्दै गएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका मध्यपश्चिम क्षेत्रीय संयोजक भोला महत जलाईएका महिलालाई तत्कालका लागि आवश्यक पर्ने उपचारको कुनै ठोस पहल नभएको बताउँछन। उनी भन्छन् – यसको पहल कुनै सम्बन्धित निकाय तथा राज्यले नै गरेको छैन।

राष्ट्रिय मानव अधिकार आयोगका मध्यपश्चिम क्षेत्रीय निर्देशक मुरारी खरेल पीडितहरू आर्थिक अवस्था कमजोर तथा आत्मनिर्भर नभएका कारण पीडकविरुद्ध आवाज उठाउन नसकेको बताउँछन्।

जलाइएका महिलाका लागि जिबिकोपार्जनका लागि राज्यले व्यवस्था गर्नुपर्ने उनको धारणा छ।

प्रकाशित मितिः २०७२ मंसिर २३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: