बढ्दैछन् महिला हिंसाका घट्नाः प्रहरी उपरीक्षक बज्राचार्यले


प्रकाशित मिति :2015-12-09 16:38:39

महिला खबर

भक्तपुर, मंसिर २३ ।  महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जिल्लामा महिला हिंसाका घट्नामा उजुरी दिने क्रम बढ्दै गएको बताउनुभएको छ । लैङि्गक हिंसाविरुद्ध जनचेतना जगाउन भक्तपुरमा महानगरीय प्रहरी परिसरले  आज  अयाेजना गरेको र्‍यालीपछि अयोजित सभामा बोल्दै उहाँले भक्तपुर प्रहरी परिषरमा आर्थिक वर्ष २०७०/७१ मा १५३ वटा उजुरी परेकामा यो सङ्ख्या बढेर आव २०७१/७२ मा २५५ वटा   पुगेकाे  तथ्यांक प्रस्तुत गर्नुभयो   ।

n}ªlus lx+;f lj?4sf] !^ lbg] cleofgsf] qmddf a'waf/ eQmk'/df dxfgu/Lo k|x/Ln] cfof]hgf u/]sf] ¥ofnLdf ;xefuL k|x/L . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;

चालु आव २०७२/७३ को साउन महिनायता ७४ वटा महिला हिंसाको उजुरी दर्ता भएको बताउँदै महिला हिंसाको घट्नाको उजुरी बढेकाले महिलामा सचेतना पनि बढ्दै गएको उहाँको भनाइ थियो । 

महिलामाथि हिंसाका घट्ना धेरैजस्तो परिवारबाटै हुने गरेको बताउँदै उहाँले कतिपय पारिवारिक हिंसाका घट्नाहरू पनि कानुनसम्मत रुपमा मेलमिलाप हुने गरेको बताउनुभयो । उहाँले आव २०७०/७१ मा ८१ वटा, आव २०७१/७२ मा १५६ वटा र गत साउनदेखि यता ४१ वटा महिला हिंसाका घट्नामा मिलापत्र भएको  जानकारी दिनुभयो । मिलापत्र हुन नसकेका घट्नामा भने कानुनी प्रक्रिया अगाडि बढाउने गरेको उहाँको भनाइ थियो ।

भक्तपुरको तौमढीबाट सुरु भएको उक्त चेतनामुलक  र्‍याली भक्तपुर नगरपालिकाको विभिन्न भागको परिक्रमा गरेर दरबार क्षेत्र पुगेर समापन भएको थियो ।

प्रकाशित मितिः २०७२ मंसिर २३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: