सम्बेदनहिनताका कारण भूकम्पपीडितले राहत पाएनन् : उपप्रधानमन्त्री केसी


प्रकाशित मिति :2015-12-09 17:12:08

महिला खबर

काठमाडौं, मंसिर २३ । उप–प्रधान तथा सहकारी गरिबी निवारण मन्त्री चित्र बहादुर के सीले सत्ता र सत्ता बाहिर बस्ने राजनीतिक पार्टीमा देखिएको  सम्बेदनहिनताको कारण ८ महिनासम्म भूकम्प पीडित जनताले राहत पाउन नसकेको बताउनुभएको छ ।

सञ्चारिका समूहले आज काठमाडौंमा आयोजना गरेको भूकम्पपछि पुनर्निर्माणको गतिरोधले महिला र बालबालिकामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै मन्त्री केसीले भूकम्प पीडित जनतालाई युद्धस्तरमा राहत दिनुपर्ने थियो तर, त्यो सरकारले गर्न नसकेको स्वीकार्नुुभयो ।

_DSC0446

उहाँले भन्नुभयो ‘भूकम्प पीडित जनताको पीडाले राजनीति गर्ने र सत्ता चलाउने मान्छेहरूलाई छुँदै नछोएको परिणामको कारण प्राधिकरण विधेयक अहिलेसम्म पास हुन सकेको छैन, राजनीतिक गर्नेले आफू र आफ्नो पार्टीलाई केन्द्रमा राखेर काम गर्दाको दुष्परिणाम नेपाली जनताले भोगिरहेका छन् ।’

भूकम्पको पीडाबाट माथि उठ्न नपाउँदै देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकतामाथि नै भूईंचालो गएको बेला भूकम्प पीडितले भोगेको समस्या गौण हुँदै गएको मन्त्री केसीको भनाइ छ ।

कार्यक्रममा सहभागी भूकम्प पीडितले उठाएको समस्यालाई मन्त्रीपरिषदको बैठकमा प्राथमिकताका साथ उठाउने र उठाउँदै आएको भन्दै मन्त्री केसीले व्याख्या गर्न सजिलो र काम गर्न गाह्रो भएको जिकिर गर्नुभयो ।

 व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले राजनीतिमा देखिएको गलत संस्कार र संवेदनहीनताकै कारण भूकम्प पीडित जनतामाथि खेलवाड भएको बिचार व्यक्त गर्नुभयो । अधिकारीले भन्नुभयो ‘अहिलेसम्म पुनर्निर्माणको काम गर्न सकिएन त्यसमा हामी लज्जित छौं ।

व्यक्तिगत स्वार्थको लागि जनतालाई दुःख  दिएको बताउँदै उहाँले संसद अबरुद्ध भएका कारण पुनर्निर्माण विधेयक पास हुन नसकेको जिकिर गर्नुभयो ।

भूकम्प पीडितको लागि सरकारले बनाउन लागेको सामूहिक आवास महिला र बालबालिकाको लागि झनै असुरक्षित भएको बताउँदै अधिकारले उनीहरूका लागि छुट्टै आवास बनाउन माग समेत गर्नुभयो ।

यसैगरी नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले जनतालाई राहत दिने कुरामा नेपाली कांग्रेस बाधक नहुने विचार व्यक्त गर्नुभयो । खतिवडाले पुनर्निर्माण प्राधिकरण विधेयक छिटो पास गरेर भूकम्प पीडितलाई पक्षपात नगरी सहयोग गर्न सरकारसँग प्रतिपक्षी दलको माग रहेको बताउनुभयो ।

participantsकार्यक्रममा एमाओवादी सांसद कमला दोङले राजनीतिक तरलताका कारण पुनर्निर्माण  ओझेलमा परेको विचार राख्नुभयो । उहाँले झ्याल ढोका थुनेर बस्दा त महिला असुरक्षित छन् भने बारीको पाटोमा पाल टाँगरे बसेका भूकम्प पीडित महिलाले कति हिंसा सहनु परेको होला ? सवैले सजिलै आंकलन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा डा. विमला राई पौडेलले कार्यपत्र प्रस्तुत गर्र्दै भन्नुभयो ‘ पुनर्निर्माणको काम ढिलो भएको छ , छिटो गर्न महिलाको नेतृत्वमा काम अगाडि बढाउनपर्छ ।’ उहाँले भूकम्प पीडितले अहिलेसम्म सरकारले बाँडेको राहत पाउन नसकेको बताउनुभयो । राहत वितरण कार्य निकै झण्झटिलो भएकाले अधिकार  सम्पन टोलीलाई गाउँगाउँमा खटाउन सरकारलाई सुझाव समेत दिनुभयो ।

उहाँले घरेलु हिंसा दिनप्रतिदिन बढ्दै गएको प्रतिचिन्ता व्यक्त गर्नै भन्नुभयो ‘अब त बालविबाह पनि बढ्न थालेको छ , यसलाई सरकारले छिट्टै रोक्नुपर्छ ।’

यसैगरी केयर नेपालका डा पपुलर जेन्टलले  प्राकृतिक प्रकोपका बेला सबैभन्दा बढी महिला र बालबालिका प्रभावित हुने गरेको बताउनुभयो । उहाँले केयर नेपालले महिला हिंसा विरुद्धको अभियानलाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी समेत गराउनुभयो ।

कार्यक्रममा सञ्चारिका समूहले धादिङ र सिन्धुपाल्चोकका शिविरमा भूकम्प पीडित महिला, सुत्केरी तथा बालबालिकाले भोगेको समस्यामाथि तयार पारेको श्रब्यदृश्य समेत देखाएको थियो ।

कार्यक्रममा बोल्दै सञ्चारिका अध्यक्ष शर्माले राजनीतिक खिचातानीको कारण भूकम्प पीडित महिला तथा बालबालिकाको समस्या झनै जटिल बन्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भूकम्प पीडित महिलाले भोगेको समस्यालाई राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्न आग्रह गर्नुभयो । कार्यक्रमा बोल्ने काठमाडाैं र ललितपुरका भूकम्प पीडितले अहिलेसम्म सरकारको कुनै पनि राहत नपाएको गुनासो गरेका थिए ।

प्रकाशित मिति २०७२ मंसिर २३ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: