मानव अधिकारको पालना गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री


प्रकाशित मिति :2015-12-10 17:56:20

महिला खबर
ललितपुर, मंंसिर २४ । प्रधानमन्त्री केपी ओलीले सरकारले मानव अधिकारको पूर्ण पालना गर्ने र सवै पक्षले यसको पालनामा ध्यान दिनुपर्ने बताउनुभएको छ । ६७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवशरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैले पनि आफ्नो अधिकारको माग गर्दा अरुको अधिकार हनन्  गर्न नहुने कुरामा जोड दिनुभयो ।

मानव अधिकार उल्लघंनको परिभाषा अलि संकिर्ण भएको हो की भन्दै संगठित रुपमा भएको मानव अधिकारको उल्लंघन तर्फपनि ध्यान जानुपर्ने उहाँका भनाइ थियो । उहाँले भन्नुभयो ‘सरकार मानव अधिकारको पालन गर्न प्रतिवद्ध छ । दण्डहिनताको अन्त्य हुन्छ । संगठितरुपमा हुने मानवअधिकार उल्लंघनको अन्त्य गरि जनताको जिउधनको सुरक्षा सरकारले गर्ने छ ।’

उहाँले नेपालको नयाँ सविधानमा भएजति मौलिक हकको व्यवस्था संसारका कुनैपनि अन्य मुलुकमा नभएका भन्दै यसैवाट नेपाल नागरिककाे मानव अधिकार प्रति सचेत रहेको स्पष्ट हुने बताउनुभयो । उहाँले मानव अधिकार आयोग तटस्थ निकाय भएकाले मानव अधिकारको उल्लंघन कहाँबाट भइरहेछ भन्ने कुरा तर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मितिः २०७२ मंसिर २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: