सुरक्षा परिषद्द्वारा युवा, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव अनुमोदन


प्रकाशित मिति :2015-12-10 18:54:25

महिला खबर

काठमाडौं, मङ्सिर  २४ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युवा, शान्ति र सुरक्षासम्बन्धी २२५० प्रस्ताव अनुमोदन गरेको छ ।

बुधबार राष्ट्रसङ्घकाे मुख्य कार्यालय न्युयोर्कमा अनुमोदन भएको उक्त प्रस्तावले द्वन्द्व तथा द्वन्द्वपछिको समयमा युवा पुस्ताको सुरक्षाका साथै शान्ति स्थापनामा समाजको भूमिकालाई केन्द्रमा राखेको छ ।

निर्णायक तहमा युवा वर्गलाई समाहित गर्न र शैक्षिक एवम् व्यावसायिक क्षमताको अधिकतम उपयोग गर्न प्रस्तावले विश्वका सबै मुलुकका सरकारलाई प्रोत्साहन गरेको छ ।

करिब छ वर्षअघि विश्वका विभिन्न ४० मुलुकका ७० वटा सङ्घसंस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायले उक्त प्रस्ताव अनुमोदनका लागि परिषद्मा प्रस्तुत गरेका थिए ।

हालै फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलापछि युवा समुदायलाई पनि शान्ति स्थापना र हिंसात्मक अतिवादविरुद्ध परिचालन गर्न उक्त प्रस्ताव सहयोगी हुने अपेक्षा विश्व समुदायले गरेको युनाइटेड नेटवर्क अफ योङ पिसविल्डर्सले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मितिः २०७२ मंसिर २४ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: