बहुविवाह गर्नेलाई जेल


प्रकाशित मिति :2015-12-11 10:48:35

महिला खबर
पोखरा, मंसिर २५ । लैङि्गक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै बेला घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्ने पोखरा बागलुङ बसपार्कका सजित भारीलाई जिल्ला अदालत कास्कीले ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । वहुविवाह मुद्दामा कास्की जिल्ला अदालतबाट अधिकतम सजाय भएको यो पहिलो फैसला भएको बताइएको छ । न्यायाधीश अनन्तराज डुम्रेको इजलासले मंसिर १४ गते उक्त फैसला गरेको अदालतका श्रेस्तेदार दिनवन्धु बरालले जानकारी दिनु भयो ।

विवाहित पुरुषसँग जानाजानी विवाह गर्ने ज्योति गुरुङलाई अदालतले २ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । ज्योति हालसम्म फरार छिन् । अदालती बन्दोबस्तको विहाबारी महलको नम्बर ९ कसुर अनुसार वहुविवाह गर्नेलाई सोही महलको १० नम्बर अनुसार १ देखि ३ वर्षसम्म कैद सजाय गर्न सकिने प्रावधान छ ।

फैसलामा २ जना महिलाको अस्मितामाथि खेलवाड गर्ने र नारीलाई खेलौना सरह प्रयोग गर्दा हिनतावोध नगर्ने र नारी संवेदनाको ख्याल नगरी जेठी पत्नीलाई पालन पोषण नगरेकाले सजितलाई अधिकतम सजाय हुने ठहर गरिएको उल्लेख छ ।

२०६९ सालमा सामाजिक परम्परा अनुसार सजितसँग विवाह गरेकी पुनम श्रेष्ठले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी थिइन् । सुरुका केही महिना माया गरेपनि पछिल्ला दिनमा शारीरिक र मानसिक यातना दिने गरेको पुनमले बताएकी छिन् । श्रीमान सुध्रेलान भन्दै सहेर बसे पनि २०७१ कात्तिक १४ गते ज्योतिलाई पत्नी भन्दै घरमा भित्र्याएपछि वाध्य भएर वहुविवाहको जाहेरी दिनुपरेको पुनमले जनाएकी छन् ।

यता पुनमको जाहेरीसँगै पक्राउ परेका सजितले प्रहरीसँगको बयानमा ज्योतिलाई कान्छी पत्नीको रुपमा ल्याएको स्वीकार गरेपनि अदालतमा भने बयान फेरेका छन् । ज्योति गुरुङसँग २०६७ भदौ १४ गते विवाह गरेकाले पुनम कान्छी पत्नी भएकाले वहुविवाह मुद्दाबाट सफाइ पाउनुपर्ने जिकीर सजितले अदालतसमक्ष गरेका थिए ।

सजितले जेठी भनेर दाबी गरेकी ज्योतिले जिल्ला अदालत कास्कीमै अंश मानाचामल मुद्दा दायर गरेकोमा २०७१ मंसिर १४ गते पत्नीको रुपमा सजितले स्वीकार गर्ने गरी मिलापत्र भएको थियो । २०६७ मै ज्योतिसँग विवाह भएको दाबी गरे पनि २०७१ मंसिरमा आएर बल्ल पत्नीको रुपमा स्वीकार गर्ने मिलापत्र गरेकाले सजितले अदालतलाई झुक्याउने प्रयास गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको छ ।

प्रकाशित मितिः २०७२ मंसिर २५ गते  शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: