हिंसाविरुद्ध घरघर र व्यक्ति व्यक्तिबाट अभियान जरुरी


प्रकाशित मिति :2015-12-11 11:14:20

महिला खबर

बुटवल, मंसिर २५ ।  महिला हिंसाविरुद्ध घरघर र व्यक्ति व्यक्तिबाट अभियान चलाउनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
महिलासम्बन्धी नीति नियम र कानुनमा नेपाल दक्षिण एसियामै नमूना भएपनि व्यवहारिक रुपमा कार्यान्वयन र पालना नहुँदा समस्या भएकाले व्यक्ति-व्यक्तिबाट अभियान जरुरी रहेको उनीहरूले बताए । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत जिविस रुपन्देही र विभिन्न संघसंस्थाले  भैरहवामा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन् ।

सहयोगी र संरक्षक नहुँदा अझैपनि महिला हिंसाका घटनालाई न्यायिक प्रक्रियामा लैजान र न्यायिक प्रक्रियामा आएका मुद्दालाई सहजीकरण गर्न समस्या भएको उनीहरूले बताए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले घरभित्र हुने हिंसादेखि लिएर घरबाहिरसम्मका सबै हिंसा कानुनी दायरामा पर्ने भएकाले जिम्मेवार निकायले त्यस किसिमबाट सहजीकरण गर्नुपर्ने बताउनुभयो । महिला न्याय खोज्दै पहिलो पटक प्रहरीकहाँ पुग्ने भएकाले प्रहरीलाई महिलामैत्री बनाउन आफूले पहल थाल्ने वचन उहाँले दिनुभयो ।

कार्यक्रममा बोल्दै जिविस रुपन्देहीका वरिष्ठ कार्यक्रम अधिकृत टोपलाल शर्माले महिला हिंसाबाट बच्न शिक्षा, आर्थिकलगायतका कुरामा सशक्त हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला कानुनी सहायता समितिका विष्णु भुसाल र अधिवक्ता पुष्पलक्ष्मी श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि शान्ति समिति रुपन्देहीका संयोजक ज्ञानु पौडेल र जिविस रुपन्देहीका कार्यक्रम अधिकृत उपेन्द्रराज ज्ञवालीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा महिला तथा बालबालिका कार्यालका प्रमुख उषा रावल, सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल , नारी विम्वका संझना शर्मा, रेडियो लुम्बिनीका इन्दिरा अर्याललगायतले  हिंसाविरुद्ध अव गर्नुपर्ने अभियानका बारेमा सुझाव राख्नुुभएको थियो ।

प्रकाशित मितिः २०७२ मंसिर २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: