पाँच महिनामा १२ वटा सम्बन्ध विच्छेदका मुद्दा


प्रकाशित मिति :2015-12-11 12:05:49

धनु राई

ओखलढुङगा, मंसिर २५ । जिल्ला अदालत ओखलढुङगामा ५ महिना अवधिमा १२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष २०७२ साल आउनदेखि यता मात्रै १२ वटा सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता भएको जिल्ला अदालतका श्रेस्तेदार नारद भट्टराइले बताउनुभयो ।

गत वर्षको तुलनामा भन्दा यो वर्ष श्रीमान श्रीमतीबिच सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नेको संख्या वढेको भट्टराईको भनाई छ । दर्ता भएका १२ वटा सम्बन्ध विच्छेदका मुद्दा मध्ये २ वटा  मुद्दाको फैसला अदालतले गरिसकेको छ । बाँकी मुद्दा कारबाहीको प्रक्रियामा रहेका छन् । सम्बन्ध विच्छेदका मुद्दा प्रायः सम्बन्ध विच्छेद हुने गरी मिलापत्र हुने तर, सम्बन्ध विच्छेद नहुने गरी मिलापत्र गर्न नसकिएकोे श्रेस्तेदार नारद भट्टराइले बताउनुभयो । उहाँका अनुसार अंश दिलाई सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी व्यवस्था रहेको भए पनि अंश नलिइकन वा अशं लिने दिने बारे बाहिर नै अदालत बाहिर नै मिलाइ सम्बन्ध विच्छेद गराउन चाहने बढी छन् ।

 अंश नलिई सम्बन्ध विच्छेद गराउन चाहनेको मुद्दाको फैसला तुलनात्मक रुपमा छिटो हुने गरेको छ । तर, अंशसहितको सम्बन्ध विच्छेद गर्न चाहनेको फैसलामा ढिलाइ हुने गरेको छ । अंश लाग्ने सम्पत्तिको दुवै पक्षको फाँटवारी पेस गर्नुपर्नेलगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुँदा यस्ता मुद्दाको फैसला केही ढिलो हुने गरेको  श्रेस्तेदार भट्टराइले बताउनुभयो ।

सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता संख्या बढ्नुमा आफ्ना अधिकार प्रति महिला सचेत हुन थालेका, सामाजिक परम्परागत संस्कारमा आउन थालेका सकारात्मक परिवर्तनलगायतका कारणहरू रहेको  महिला मानव अधिकार रक्षक सन्जालका उपाध्यक्ष सुन्ताला परियारको भनाई रहेको छ ।

प्रकाशित मितिः २०७२ म‌ंसिर २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: