राष्ट्रपति भण्डारी शनिवार नवलपरासी आउँदै


प्रकाशित मिति :2015-12-11 12:31:54

ज्ञानु पंगेनी

नवलपरासी, मंसिर २५ । राष्ट्रपति विद्या देवी भण्डारी शनिवार नवलपरासी आउने भएपछि जिल्लाको सुुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी सबैलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले  जानकारी दिनुभयो ।

राष्ट्रपतिकालागि दिईने सुरक्षाका लागि राष्ट्रपति कार्यालयले जारी गरेको निर्देशन अनुसार जिल्लाको सुरक्षा व्यवस्था मिलाईएको  उपाध्यायले बताउनुभयो । ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरिक्षक पर्शुराम तिवारीले पनि शनिवार राष्ट्रपति आउने भएपछि  सुरक्षामा कुनै चुक नहोस भनेर आफू र आफ्नो कार्यालयको टोली खटिएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारी नवलपरासीको देवचुलीमा रहेको जनज्योती नमुना माध्यामिक विद्यालयको स्वर्ण महोत्सवका अवशरमा आयोजित समारोहलाई  सम्बोधन गर्न नवलपरासी आउँन लाग्नुभएको हो ।

राष्ट्रपति भण्डारी हेलिकोप्टर मार्फत् मध्यान्ह साढे १२ बजे यहाँ आउने तालिका रहेको विद्यालयका प्रध्यानाअध्यापक दुर्गादत्त घिमिरेले जानकारी दिनुभएको छ । भण्डारी राष्ट्रपति भएपछि पहिलाे पटक काठमाडाै‌ं बाहिर जानलाग्नु भएकाे हाे ।
नवलपरासीको देवचुली नगरपालिका १४ प्रगतीनगरमा विक्रम संवत २०२२ सालमा स्थापना भएको विद्यालयले भोली स्वर्ण महोत्सव विविध कार्यक्रम सहित भब्य रुपमा मनाउँदै छ ।

स्वर्ण महोत्सवको अवसरमा विद्यालयले साताव्यापी रुपमा विविध खेलकुद प्रतियोगिता , हाजिरी जवाफ प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रकाशित मितिः २०७२ मंसिर २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: