महिलाका लागि आएको बजेट भौतिक विकास खर्च


प्रकाशित मिति :2015-12-11 14:47:22

महिला खबर

धनगढी, मंसिर २५ । नेपाल सरकारले विभिन्न अल्पसंख्यक तथा पछाडी पारिएका वर्ग र समुदायको सशक्तिकरणको लागि छुट्टै बजेट तर्जुमा गर्दै आएको छ । त्यसैगरी महिलाको विकास र सशक्तिकरणका लागि पनि बजेट छुट्टयाइन्छ । महिलाको विकास शिर्षकमा वर्षेनी बजेट आउने भएपनि महिलाको क्षेत्रमा खर्च नहुने गरेको यस क्षेत्रका महिला अगुवाले गुनासो गरेका छन् ।

उनीहरूले महिलाको लागि आएको रकम महिलाकोे विकास र शसक्तिकरणको लागि खर्च गर्न समेत जोडदार माग गरे । महिलाको लागि आएको बजेट महिलाको क्षेत्रमा खर्च नभइ अन्यत्र लगानी हुने गरेको उनीहरूको दावी  छ ।

अन्तरपार्टी महिला सञ्जाल कैलालीले धनगढीमा आयोजना गरेको लैङ्गिक बजेट सम्बन्धि छलफलका सहभागीले महिलाको बजेट महिलाको क्षेत्रमा खर्चिनु पर्ने आवाज उठाएका हुन् । छलफलमा सहभागी  राजनीतिकर्मी महिलाले महिलाको लागि छुट्टयाएको १० प्रतिशत बजेट  महिलाको क्षमता विकास र महिला सशक्तिकरणमा खर्च नहुने गरेको ठोकुवा गरे ।

बजेटबारे जानकार महिलालाई नै महिलाको बजेट कहाँ गयो भन्ने जानकारी नहुँदा निरक्षर र निमुखा महिला झन  अधिकारबाट  बञ्चित रहेको उनीहरूले बताए ।

‘महिलाका लागि छुट्टयाएको बजेट कहाँ, कति र केमा खर्च हुन्छ ? हामीलाई थाहा छैन्’ अन्तरपार्टी महिला सञ्जाल कैलालीकी अध्यक्ष निर्मला रिजालले भन्नुभयो ‘अरुलाई कसरी थाहा हुन्छ ?’ महिलाका लागि आएको  बजेट बाटो, विजुली, पानी र सडक बनाउनमा खर्च हुने गरेको बताउँदै उहाँले अब महिलाले आफ्नो नाममा आएको बजेट माग गर्नुपर्ने बेला आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अन्तरपार्टी महिला सञ्जालकी सदस्य गोमा आचार्यले हिंसामा परेका महिलाका लागि पनि शिर्षक दिएर बजेट छुट्टयाइनु पर्ने माग गर्नुभयो ।  त्यसैगरी  अन्तरपार्टी महिला सञ्जालकी सदस्य चुनकुमारी चौधरीले  महिला नाम आएको बजेट माग्न जाँदा  केको लागि चाहियो भनेर उल्टै अपहेलित हुनुपर्ने गरेको दुःखेसो पोख्नुभयो ।

कार्यक्रममा बोल्दै दलित महिलाले अरुभन्दा दलित महिला हिंसामा पर्ने गरेकाले दलित महिलाको क्षमता र चेतना अभिवृद्धिका लागि बजेट आउनु आवश्यक भएको धारणा राखे ।

प्रकाशित मितिः २०७२ मंसिर २५ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: