महिला खबर
बुटवल, मंसिर २७ । सार्वजनीक बसमा हिड्ने किशोरीलाई जिस्काउने एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको जोगडाका सुनिल कुमार चौधरी रहेका छन् ।
बुटवल योगीकुटीमा किशोरीहरूलाई गाली गलौज गर्दै दुव्र्यवहार गरीरहेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीले यसअघि पनि किशोरीहरूको अनुमति विना फोटो खीच्ने र दुरूपयोग गर्ने , सार्वजनीक स्थानमा जिस्काउने र किशोरीले प्रतिकार गरे गाली गलौज गर्ने गरेको डिएसपी महेन्द्र खड्काले बताउनुभयो । पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखीएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०७२ मंसिर २७ गते आइतवार
Comment Here!