देश निर्माणको आधार शिक्षाः राष्ट्रपति भण्डारी


प्रकाशित मिति :2015-12-13 12:58:00

ज्ञानु पंगेनी

नवलपरासी, मंसिर २७ । देश निमार्णको आधार शिक्षा भएकाले गाउँ ,समाज र देशको सामाजिक तथा आर्थिक विकाशका निम्ति शिक्षाको विस्तार हुन आवश्य रहेको राष्ट्रपति विद्या भण्डारीले बताउनु भएको छ । देश निमार्णको आधार शिक्षा भएकाले शिक्षा वैज्ञानिक व्यवसायी र रोजगारमुलक हनुपर्ने समेत उहाँले बताउनुभयो ।

नवलपरासीको देवचुली नगरपालिकामा रहेको जनज्योति नमुना माविको स्वर्ण महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । शिक्षाको उचित विस्तार विकाश र सुदृढ गर्न नसक्दा अझै पनि सुन्दै आङ जिरीङ्ग  हुनेखालका मानविय मर्यादाका प्रतिकुल अनेकौं कुप्रथाबाट नेपाली समाज प्रताडित हुनु परिरहेकाले मानविय मुल्य मान्यता र सभ्यतालाई नै चूनौति दिने यस प्रकारका कृृयाकलापलाई समाप्त पार्ने शिक्षा रुपी ज्ञान , चेतनाको हतियारनै रहेको उहाँले बताउनु भयो ।

14b7158a-189b-4fbe-8666-c2006ff240d1

बितेका केहि वर्षमा शिक्षाको विस्तार उल्लेख्य भएपनि अपेक्षा गरिए अनुसार गुणस्तिरीय शिक्षा उपलब्ध हुन नसकेको उहाँले बताउनु भयो । शिक्षामा राज्यको लगानी धेरै हुन नसकेको र भएको लगानीबाट पनि उचित प्रतिफल प्राप्त हुन नसकेको बताउँदै, शिक्षा निती र कायक्रममा भएका कमी कमजोरीलाई हटाउँदै वैज्ञानिक शिक्षा प्रणाली निर्माण तर्फ सरकार अग्रसर हुनु पर्ने उहाँले बताउनु भयो ।

यस्तै अर्को प्रसङ्गमा मानवअधिकारका विश्वव्यापी मान्यतालाई अङि्गकार गरी संघिय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गर्दै जारी भएको संविधानलाई नेपालको संबैधानिक ईतिहासको अग्रगामी र सर्वोत्कृष्ठ संविधानको रुपमा चित्रण गर्न हिच्किचाउन कुनै कारण नभएको बताउनु भयो ।

स्वर्ण महोत्सवमा राष्ट्रपति भण्डारीले विद्यालय प्रा¨णमा निर्मित स्वर्ण स्तम्भको अनावरण र स्वर्ण स्मारिकाको विमोचन गर्नु भएको थियो ।
प्रकाशित मितिः २०७२ मंसिर २७ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: