महिलाकाे आर्थिक पहुँच भएमात्र मुलुक समृद्ध


प्रकाशित मिति :2015-12-13 14:30:23

महिला खबर

काठमाडौं, मंसिर २७ । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलालाई सामाजिक रुपान्तरण, राजनीतिक अधिकार तथा आर्थिक पहुँच उपलब्ध गराउन सकेमात्र मुलुकलाई समृद्धितर्फ लैजान सकिने बताउनुभएको छ ।

नेपाल युवासंस्था सञ्जालद्वारा शनिवार आयोजित ‘राजनीतिमा युवा महिला अवसर र चुनौती’ विषयको कार्यक्रममा संविधानले महिलालाई असीमित अधिकार दिएपनि पितृसत्तात्मक सोचका कारण त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले समाजमा महिलामाथि हुने सबैखाले विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिँदै महिलाले पनि सङ्कीर्ण सोचबाट माथि उठेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

एमालेका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्राचीन सामाजिक मूल्य तथा मान्यताले गर्दा महिला वर्गलाई आर्थिक विषयवस्तुमा पहुँच नपुगेकाले उनीहरूलाई सबै क्षेत्रमा आउन कठिन रहेको बताउँदै राजनीतिक क्षेत्रमा स्थापित हुनका लागि महिला नै दृढ भई क्रियाशील हुनुपर्ने बताउनुभयो ।

नेवि सङ्घका नेत्री रन्जना कार्की, कमला न्यौपाने र अन्जना अर्यालले संविधानले महिलालाई हरेक क्षेत्रमा अधिकार प्रदान गरेको भए पनि व्यावहारिक रुपमा अधिकारलाई अभ्यासमा ल्याउन सबैको सहयोगको अपेक्षा गर्दै नेपालको राजनीतिमा महिलाको सहभागिता न्यून हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

युवा सङ्घका उपाध्यक्ष दिलु पन्तले महिलालाई राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हक संविधानमा कायम रहेकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने विचार व्यक्त गर्दै अहिलेको संविधानले महिलालाई राजनीतिमा मात्र नभई रोजगारी, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा विशेष अवसर प्रदान गरेकाले त्यसलाई क्रमिक रुपमा कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम आयोजक संस्था सञ्जालका महासचिव रुपा उप्रेतीले देश विकास तथा जनतालाई अधिकार उपलब्ध गराउनका लागि राजनीतिक क्षेत्र सशक्त माध्यम भएको बताउँदै त्यसमा नेपाली महिलाको अवसर वृद्धि गर्नका लागि छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

प्रकाशित मितिः २०७२ मंसिर २७ गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: